२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

” दशैं धमाका २०७९”को तयारी पुरा

दोहा : आउदो शुक्रबार दोहामा हुदै गरेको कार्यक्रम ” दशैं धमाका २०७९”को तयारी पुरा भएको आयोजक ले  जनाएको छ l  कार्यक्रमका लागी हल व्यवथापनको काम सम्पूर्ण पुरा भएको जनाउदै आयोजकले  कलाकार बुधबार कतार आईपुग्ने समेत जानकारी गराएको छ l

करिब १००० जना अट्ने हलको करिब ७०% टिकट बिक्रि भएको कार्यक्रम संयोजक सुमन भारतीली जानकारी दिए। भारतीका अनुसार करिब ६०० टिकट दर्शकको हातमा परेको र सयौ टिकट हरु फोन बाट बुकिङ्ग भएका छन् l

लामो समय पछि हुनलागेको सास्कृतिक कार्यक्रम भएका कारण पनि यो कार्यक्रममा उपस्थित दर्शक धेरै हुने आनुमन गरिएको छ l

कार्यक्रममा नेपालबाट आउने  अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक रमेश राज भट्टराई र अर्जुन सापकोटा, चर्चित गायिका सम्झना भण्डारी एवं चर्चित डान्सर द्वय  (भोजपुरी डान्सर ) प्रीति पासवान र करिश्मा पुन मगर लगायतका कलाकारको प्रस्तुति रहने छ l

कार्यक्रम ३० सेप्टेम्बर २०२२ का दिन ओसिस वीच क्लबमा बेलुकि ४ बजे देखि रातको १० बजे सम्म संहुने छ l  कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका अग्रजहरू, बुद्धिजिबिहरू, व्यवसायीहरू, समाजसेवी हरू, सामाजिक अभियन्ताहरू, संचारकर्मी मित्रहरू लगायत कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारीदिनको निम्ति संयोजक भारतीले आग्रह गरेका छ्न l

कार्यक्रम स्थलमा जाने गेट दिनको २ बजे खुल्ने छ भने कार्यक्रम ठिक ४ बजे सुरु हुने छ l

 

सम्पर्क :००९७४-७०६५३२०३ रहेको छ ।

 

यो पनि पढनुहोस !

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस