२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

तमु (गुरुङ) समाज कतारको अध्यक्षमा टौमाया गुरुङ

दोहा ,

तमु (गुरुङ) समाज कतारको अध्यक्षमा टौमाया गुरुङ निर्वाचित भएकी छन्  । २००४ मा  ‘तमुहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्थापना भएको  तमु (गुरुङ) समाज कतारको  १८ औं साधारणसभाले टौमाया अध्यक्षतामा  सहित  २० सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको  छ ।

गत नोभेम्बर ४ तारिखका दिन आयोजित साधारण सभाले प्रथम उपाध्यक्षमा तेज गुरुङ, द्वितीय उपाध्यक्षमा ओमराज गुरुङ, तृतीय उपाध्यक्षमा पदम गुरुङ, महासचिवमा ज्ञानु (डिजन) गुरुङ, सचीवमा दुर्गा गुरुङ, सह सचिवमा मुना गुरुङ, कोषाध्यक्षमा मनप्रसाद गुरुङ र सहकोषाध्यक्षमा चन्द्रप्रकाश गुरुङ सर्वसम्मत निर्वाचित गरेको छ ।

May be an image of 1 person and standing

शाखा समिति अन्तर्गत तमु सांस्कृतिक विभागको अध्यक्षमा प्रकाश गुरुङ, तमु प्येताँ ल्हुताँ समिति संयोजकमा धिराज गुरुङ, खेलकुद समिति अध्यक्षमा दिनेश गुरुङ, महिला विभाग सयोजकमा शिला गुरुङ, पूर्वाञ्चल सम्पर्क समिति सयोजकमा किशोर गुरुङ र पश्चिमाञ्चल सम्पर्क समिति संयोजकमा रविन गुरुङ लगायतलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा  बलबहादुर गुरुङ, टीकामाया गुरुङ, रन्जना गुरुङ, बिमल गुरुङ र गोविन्द गुरुङ  लगायतलाई  निर्विरोध चयन गरेको छ l

समाजका कार्यबहाक अध्यक्ष टौमाया गुरुङको अध्यक्षता तथा  नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आथित्व्मामा सम्पन्न कार्याक्रम  महासचिब पदम गुरुङले सहजीकरण गरेका थिए भने दित्तीय उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तब्य राखेका थिए l

कार्यक्रममा   गैरआवासीय नेपाली संघ समन्वय परिषद् कतारका अध्यक्ष महम्मद मुक्तदा मुसलमान लगायत  दोहामा स्थापित जातीय तथा जिल्ला सस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्तिती रहेको थियो l

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस