२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली

दोहा :कतारमा आयोजना हुने फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा भाग लिन अमेरिकी राष्ट्रिय फुटबल टोली आज दोहा आइपुगेको छ ।

अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक ग्रेग बर्हाल्टर संगै विश्वकपका लागि २६ सदस्यीय टोली दोहा आएको हो ।

अमेरिकी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप कतार २०२२ को फाइनलमा समूह बी मा इरान, वेल्स र इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
टोलीले आफ्नो विश्वकपमा समूह बी मा वेल्ससँग नोभेम्बर २१ मा अहमद बिन अली स्टेडियममा, नोभेम्बर २५ मा इङ्ल्यान्डसँग अल बायत स्टेडियममा त्यसपछि नोभेम्बर २९ मा इरानसँग अल थुमामा स्टेडियममा खेल्ने छ।

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस