२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

तिलोत्तमा प्रिमियर लिग : नेपथ्य ज्ञानोदय र न्यु होराइजन विजयी

भैरहवा / रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको आइतबारको खेल नेपथ्य ज्ञानोदय गोल्ड्स र रोयल शंकरनगर विजयी भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको पहिलो खेलमा तिलोत्तमा टाइगर्सलाई नेपथ्यले ३५ रनमा र दोस्रो खेल एकोन च्यालेन्जर्सलाई तीन विकेटले हराउँदै न्यु होराइजनलाई विजयी भएको हो ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको नेपथ्यले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल बनायो । जसका लागि भीम सार्कीले ४८, महेश रानाले २२ रनको योगदान गरे । बलिङतर्फ सलिम अलिले ३ विकेट लिए । जबाफी ब्याटिङमा १५६ रनको लक्ष्य पाएको तिलोत्तमाले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएपछि हार बेहोर्नु पर्‍यो ।

१२० रन मात्रै जोड्न सकेको तिलोत्तमाका लागि सन्दीप जोराले २४, विजय प्रजापतिले २२ रन बनाए पनि जित हासिल गर्न सकेनन् । बलिङतर्फ प्रतिस जिसीले ३, करन विकले ४ विकेट लिए । पहिलो खेलमा करन विक म्यानअफ द म्याच भए । यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको एकोन च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो । जसका लागि राजवीर सिंहले २५ र सविनशाक्यले रन बनाए । बलिङतर्फ बाबुराम क्षेत्रीले ४, महेश भरले ३ विकेट लिए ।

जबाफी ब्याटिङमा १२६ रनको लक्ष्य न्यु होराइजनले १९ दशमलव १ ओभरमा लक्ष्य पार गर्दे ३ विकेटले जित निकाल्यो । जसका लागि विपिन रावलले ३५, मनिस थापाले २२ रन बनाए । वलिङमा सन्तोष यादव र एक लाख अहमदले २–२ विकेट लिए । दोस्रो खेलमा नन्दन यादव म्यानअफ द म्याच भए ।

सोमबारको खेल भैरहवा–११ र मणिग्राम किंग्सबीच तथा दोस्रो खेल जेभी वरियर्स र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस