दोहा। नेपाली कांग्रेस इतिहास को संगिन मोडमा उभिएको छ, हुन त नेपालि कांग्रेस आफैमा लोकत्रान्तिक पार्टी हो इतिहास लाइ निहालेर हेर्ने हो भने जब जब देशमा असहज परिस्थिति सिर्जना हुन्छ त्यसलाई समालेर अगाडी बढ्ने क्षमता नेपालि कांग्रेसमा छ । यसो हुनुको मुख्य कारण नै कांग्रेस भित्र वहस र छलफल घनिभूत हुन्छ र वदलिदो परिस्थिति र समस्यालाई मोथलेर गरिएको निर्णयले पार्टीलाई समय अनुकुल अगाडी बढ्न मदत गर्दछ र नेपालि जनताकोमन भित्र कैद हुन सकेको छ ।
कांग्रेस त्यो हो जसले २००७ सालको सफल आन्दोलन बाट जनता लाइ रैती बाट मुक्त गरेको थियो त्यहि सक्ति हो २०१४ सालको विषेश महादीवेसन मार्फत नीति, नेतृत्व परिवर्तन गरि २०१५ सालको आम निर्वाचनमा दुइतिहाई मत ल्याएर सरकार गठन गर्न सफल भएको थियो । तत्कालिन अवस्था देखी चाहे २०३६ – २०४२-२०४६-२०६२ सवै आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण अग्रणी भूमिका रहेको छ ।
इतिहासमा पहिलो चोटी होला नेपालि कांग्रेस आफै सत्तामा रहेको वेलामा नया जेनेरेसन को आवहाँनमा भएको दुइदिने आन्दोलनले देशको राजनैतिक अवस्थामा जवर्जस्ती परिवर्तन गर्दै देस लाइ नया अभियानमा उभ्याउने प्रयास गरिएको छ । ब्याख्या गर्नेहरुले यसलाई जसरि व्याख्या गरे पनि देसको आर्थिक विकास र राजनैतिक संस्कारमा परिवर्तन ल्याउनको लागि यस्तो आन्दोलन आवास्यक थियो भयो तर यस आन्दोलनमा भएको भौतिक संरचनाको क्षति र महत्वपूर्ण दस्तावेज भएको निकायमा भएको आगो जनि र आन्दोलनरत युवाहरु माथि वार्वरायुक्त आक्रमण जति निन्दा गरे पनि पूर्ण हुँदैन । भदौ २३ र २४ देश र जनताको लागि असैय पिडा, चोट र वेदनाको दिन थियो । जेंजी आन्दोलन, आन्दोलनकारिको रुपमा सफल भएको तर आन्दोलन पछिको ब्यबस्थापन असफल जस्तै बनेको वर्तमान परिस्थिति छ ।
देशको विसंम परिस्थिति र बदलिँदो राजनीतिक परिस्थितिमा देशको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनलाइ समय अनुकुल बनाउन र नेपाली काँग्रेसलाई सुदृढ बनाउन पनि नेपालि कांग्रेसले महत्व पूर्ण निर्णय लिनु पर्ने अहिलेको अवस्था हो । यहि आवस्यकता लाइ महसुस गरेर देशभर छरिएर रहेका नेपालि कांग्रेसका शुभचिन्तक हरु जुर्मुराउन स्भाविक हो गाउ टोल नगर हुँदै सहरमा रहेका माह्समिति सदस्य र महाधिवेशन प्रतिनिधि लाइ पार्टीको परम्परागत सैली र नया जेनेरेसनमा पार्टी प्रतिको घट्दो आकर्षण लाइ कसरि चिर्ने भनेर कौतुहलता जाग्नु स्वाभाविक हो ।
विषम अवस्थामा सिंगो पार्टीलाई कसरि नया पिढीमा जोडेर स्थापित गर्न सकिन्छ भनेर देशभर रहेका महादेसेसन र महासमिति सदस्य हरु विच छलफल हुनु समय सान्दर्भिक विषय हो । यो विषय यस्तो वेलामा उठेको थियो केन्द्रमा केन्द्रीय महाधिवेशन हुनु पर्ने बेलामा पनि १५ औ महादीवेसन वारे वहस सम्म हुन नसकिरहेको अवस्थामा पार्टीको तल्लो निकाय बाट उठेको आवाज केन्द्रीय समिती भन्दा माथिलो निकाय महाधिवेशन प्रतिनिधि हरु मार्फत नेपालि कांग्रेसको विधान २०१७ र परिमार्जित विधान २०७५ को धारा १७.२ मा ब्यबस्था भए अनुसारको ४० प्रतिसत महाधिवेशन प्रतिनिधि हरुको हस्ताक्षरले विशेष महाधिवेशन माग गर्न पाउने अधिकार प्रयोग गरि ५४.५ प्रतिसत सदस्यको हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा विधिवत दर्ता गरिएको विषय हो “विशेष महाधिवेशन” । पार्टी भित्र “विशेष महाधिवेशन” माग गर्नुको प्रमुख कारण नै संवेदनसिल घडीमा र एईतिहासिक घडीमा पार्टी भित्र आन्तरिक एकता लाइ मजवुत बनाउन र पार्टी भित्र नविन उर्जा भर्न जनभावना अनुरूपको नीति निर्माण गर्न विशेष महादिवेसन वोलाइएको हो ।
पार्टीको विधान र विधानसंवत तरिका बाट प्रक्रिया पुरागरि विधिवत ढंगले केन्द्रीय कार्यालयमा दर्ता गरिएर विधान अनुरुपकै समय मितिमा गरिन लागिएको विशेष महाधिवेशन असान्दर्भिक र औचित्यहिन भनेर मिडियामा टोल गरिनु जिमेवार व्यक्तित्व हरुले सुहाउने विषय हैन । यस्तो परिस्थितिमा केन्द्रीय समितिको वहुमतको निर्णय यस्तो छ र यो वा उ भनेर जनस्तरवाट उठेको विषयलाइ विसयान्तर गर्नु भन्दा जुन प्रतिनिधिको मतदान वाट केन्द्रीय समिती वनेको छ तिनै प्रतिनिधि हरुले बोलाएको विशेष महाधिवेशनमा केन्द्रीय समितिले नै अपनत्व लिएर विशेष महाधिवेशन लाइ टुंगोमा पुर्याउनु पर्ने अहिलेको आवस्यकता हो ।
आदरणीय पार्टी सभापति र कार्यवाहक सभापति लगायत सम्वन्धित पक्षले देश विदेस वाट काठमाण्डौ आएका प्रतिनिधि हरुको भावना लाइ सम्मान गर्दै पार्टी हितको पक्षमा यो र त्यो नभनी कार्यक्रममा उपस्थित भएर विशेष महाधिवेशन लाइ सफल बनाउने मात्रै हैन पार्टीलाई आन्तरिक रुपमा मजवुत र सुद्द्रिड वनाउन महत्वपूर्ण भूमिका खेल्नु हुनेनै छ भन्नेमा हस्ताक्षर कर्ता र विशेष महाधिवेसन भेला हुने सवैको चाहाना छ ।
विशेष महाधिवेशन वर्तमानमा वदलिएको राजनैतिक मार्गमा कांग्रेस लाइ वदलेर अग्रगामी छलाङ्ग मार्दै `बदलिएको देशको आर्थिक र सामाजिक परिवर्तन र राजनैतिक स्थाइत्वका लागि मात्रै नभएर कांग्रेस एउटा राजनैतिक पार्टी मात्रै हैन लोकत्रन्त्र, समवेसिता र रास्ट्रीय एकताको आधार सिलापनि हो । बदलिँदो परिस्थितिमा नेपालि कांग्रेसको वैचारिक स्पष्टता, संगठानात्मक एकता घोषित निर्वाचन भन्दा अगाडी नै हुनु जरुरि छ । पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित हुँदै जस्तोसुकै कठिन अबस्थामा पनि पार्टीलाई एकढिक्का राख्न कटिबद्ध, प्रतिबद्ध नेता तथा कार्यकर्तालाइ वनाएर निर्वाचनमा जानको लागि हो किनकी विगताका निर्वाचनमा यो र त्यो को नाउमा कांग्रेसमा मतवेद संगै मन भेद थियो र त्यसलाई चिर्न पनि आवस्यक थियो र आवहान भएको छ । कुनै प्रासंग र कारणमा मा पनि कांगेस वलियो बनाउन गरिएको पोजेटिभ अभियान लाइ नेपालि कांग्रेस तोडन र फोडन लागी विशेष महाधिवेशन हो भनि मिडिया वाजी गर्ने हरु सवल र सुद्द्रिड कांग्रेस भएको देख्न नचाहने तर कांगेस वनेर आफ्नो स्वार्थ सिद्द गर्न चाहने तत्वहरु ले चलाएको हल्ला मात्रै हो यसमा सत्यता छैन ।
कांग्रेस पार्टी भित्रको आन्तरिक लोक्तान्त्रता स्थापित गर्न र देशमा देखिएको समसामयिक राजनैतिक चुनौती वारे पनि पार्टी भित्र वहस हुनु जरुरि थियो र त्यसलाई विशेस महादिवेसन मार्फत सम्बोधन हुँदै छ वर्तमान राजनैतिक परिद्रिस्यमा नेता को जोगिन्छ जोगिदैन भन्दा पनि पार्टी जोगिन्छ जोगिदैन भन्ने कुरा महत्वपूर्ण विषय हो यस महादिवेसन मार्फत नेपाली काँग्रेसलाई सुदृढ बनाउन, जनभावना अनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वले मात्रै अहिलेको संवेदन सिल र एतिहासिक घडीमा पार्टी भित्र आन्तरिक एकता लाइ मजवुत बनाउन र पार्टी भित्र नविन उर्जा भर्न आबश्यक थियो । यसको लागि नै विशेष महाधिवेशन हो ।
हामि सवैको साझा प्रयास र सहभागितावाट नेपालि कांग्रेस लाइ थप जिमेवार वलियो र जनमुखी वनाउन सकिन्छ विशेष महाधिवेशन `बदलिएको समयको माग हो विभाजनको खेल हैन, काँग्रेसलाइ वदलेर देश वदल्न ऐतिहसिक भूमिका खेल्नको लागि विशेष महाधिवेशन पक्कै सफल हुनेछ हार्दिक शुभकामना ।
जय नेपाल
महासमिति सदस्य कतार