२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

काभ्रेपलान्चोक अध्यक्षमा –लोप्चन

दिनेश मानन्धर । दोहा– काभ्रेपलान्चोक सेवा समाज कतारको अध्यक्षामा पुर्ण सिंह लोप्चन निर्विरोध चयान भएका छन ।
गत १ अप्रेलका दिन कतारको एक रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष सागर अधिकारीको सभापतित्वमा तथा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको दित्तिय उपाध्यक्ष प्रेम चलाउनेको प्रमुख आतिथ्यतामा सम्पन तेस्रो अधिवेशनले लोप्चनलाई निर्विरोध चयान गरेको हो ।

कतारमा रोजगारीमा रहेको काभ्रेलीहरुले २०१६ मा प्रवासी काभ्रेली एक हौ , कतारमा काभ्रेली कोहि कतै नछुटौँ भन्ने मुल नाराका साथ स्थापन गरेको जिल्लाको समाजिक संस्थ्या काभ्रेपलान्चोक सेवा समाजले कतारमा रहेर विभिन्न सामाजिक संघ संस्थाहरु सगँ हातेमालो गर्दै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, सल्लाहकार, बुद्धिजीवी, उद्योगी, स्थानीय कलाकार, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

संस्थाले तेस्रो अधिवेशनबाट पुर्ण सिंह लोप्चनको अध्यक्षतामा निर्बिरोध निर्वाचित कार्यसमितिहरुमा उपाध्यक्ष कान्छा मान श्रेष्ठ,द्वि उपाध्यक्ष गोविन्द श्रेष्ठ,महासचिव संगम राउत,सचिव अमिन परियार,कोषाध्यक्ष नेत्र वाइबा,सह–कोषाध्यक्ष मोहन थिङ सदस्यहरु महेन्द्र थापा,पुरोषोत्तम कोइराला,मिम लोप्चन,दिनेश तामाङ,जंगे लोप्चन,मेक बहादुर तामाङ,शम्सेर तामाङ र राम हरि चौलागाईं लगायत रहेका छन ।

कार्यक्रममा शुभकामन मन्तव्य दिदै समाजका अगुवा तथा संस्थाका संरक्षक रामहरी तिवारीले समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेर उपस्थीतीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

समाजका महासचिव संगम राउतद्वारा सहजीकरण गरिएको कार्यक्रममा सभापति निवर्तमान अध्यक्ष सागर अभिकारीले समापन गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस