२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

रोल्पा जलजलाको आयोजनामा कतारमा तीज कार्यक्रम सम्पन्न

दोहा : कतारमा रहेका रोल्पालीहरुको संस्था रोल्पा जलजला सेवा समाजकतार द्वारा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली महिला हरुको साझा पर्वको रुपमा मानिनै आएको हरितालीका तीज पर्वको शुभ अवसरमा “शुभकामना आदान – प्रदान तथा दर खुवाउने कार्यक्रम,कतारमा रहेका उल्लेखनीय नेपाली चेलीहरुको उपस्थितिमा सम्पन्न गरेको हो ।

गत १५ अगस्त २०२५ सुक्रबारका दिन संस्थाका अध्यक्ष बलराम जैसीको अध्यक्षतामा, लुम्बिनि प्रदेश समन्वय परिषद कतारका कार्यबाहक अध्यक्ष मनिषा खड्काको प्रमुख आतित्थ्यतामा सहित लुम्बिनी प्रदेश जिल्ला संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

बिशेषतह रोल्पालि चेलि हरुलाइ सम्मान तथा दर खुवाउने कार्यक्रम रहेता पनि रोल्पालि तथा गैर रोल्पालि दिदि बहिनि हरुको बाक्लो उपस्थिति रहेको थियो ।

रोल्पा जलजला सेवा समाज कतारका कार्य समिति भित्रका चेलीहरुलाइ तिज को उपहार स्वरुप साडी प्रदान समेत गरिएको थियो ।

कमला गुरुङको संयोजकत्वमा गरिएको कार्यक्रमको सहजिकरण सस्थाका महासचिब गंगा बुढा मगरले गरेका थिए ।

कार्यक्रममा कतारमा स्थापित केही कलाकारद्वारा साङ्गीतिक प्रस्तुति पस्किएका थिए । साथै उपस्थित महिला दिदिबहिनी हरु तिजका भाकामा धित मरुन्जेल नाचेका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस