
दोहा : पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालीका वार्ड नं १० कुर्घाका तिल वहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गत साउन ८ गते साझ दाउरा काट्ने क्रममा रुख बाट खसेर मेरुदण्डमा गम्भीर चोट लागी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एक लाख दुइ हजार तीन सय एक्काइस रुपैया प्रदान गरेको हो ।
स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह-सचिव सुधा परियार(अञ्जली) का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो ।
अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जिलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह-सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो ।
साथै समाजले अभियानमा सहभागी भई आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिहरु प्रती आभार व्यक्त गरेको छ ।
`निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।