
दोहा – कोशी प्रदेश समन्वय परिषद कतारले “रमाइलो तीज तथा सचेतना कार्यक्रम” भब्य रुपमा सम्पन्न गरेको छ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कोशी प्रदेश समन्वय परिषदमा आवद्ध सम्पुर्ण जिल्ला संस्थाहरुको आयोजनामा “रमाइलो तीज तथा सचेतना कार्यक्रम”भब्य रुपमा सम्पन्न गरेको हो।
कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पदम कुमार घिमिरेको सभापतित्व तथा नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया के सि को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेश समन्वय परिषदमा आवद्ध सम्पुर्ण जिल्ला संस्थाका महिला संम्योजकले शुभकामना मन्तव्य राख्दै परिषदमा आवद्ध महिला दिदिबहिनीहरुले तिजका गीतमा आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
शुक्रबार घरवा रेस्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि केसिले कतारमा रहेका दिदिबहिनीहरुलाई हामी मुस्लिम देशमा भएकोले आफ्नो पहिरनमा ध्यान दिदै यहाँको नियम कानुन पालन गर्न आग्रह गरिन। उनले कोशी प्रदेश समन्वय परिषद कतारले परदेशमा भएपनि दिदिबहिनीहरुलाई बोलाएर दर खुवाए संगै सचेतना कार्यक्रम गरेकोमा धन्यवाद दिईन।
कार्यक्रमको समापन गर्दै सभापति घिमिरेले कार्यक्रम भब्यताका साथ सप्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे।
सखुवासभा समाज कतारको पन्चेबाजा सहित सुरुवात गरिएको कार्यक्रममा सचेतना कार्यक्रमको प्रशिक्षक पत्रकार सारदा भुजेल रहेकी थिईन।
कार्यक्रम सम्योजक रुद्र आचायले स्वागत गरेको कार्यक्रमको सहजीकरण महासचिव पदम प्रसाद सिम्खडाले गरेका थिए ।
“समृद्धि हाम्रो सरोकार उधयमशिलता यसको आधार ” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको कोशी प्रदेश समन्वय परिषद कतारमा खोटाङ सेवा समाज कतार,मोरङ सुनसरी सेवा समाज कतार, झापालि समाज कतार,धनकुटा सेवा समाज कतार, ओखलढुंगा सेवा समाज कता र,उदयपुर प्रवासी सेवा समाज दोहा कतार, तेह्रथुम सेवा समाज कतार,भोजपुर सेवा समाज कतार संखुवासभा समाज कतार गरि नौ वटा जिल्लाहरु रहेका छ्न ।