२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

पार्क उद्घाटन तथा वृक्ष रोपण सम्पन्न

दोहा – महानगरपालिका मन्त्री महामहिम डा अब्दुल्लाह बिन अब्दुलअजीज बिन तुर्की अल सुबाइले आज (आइतबार) दिउँसो दोहाको अल मुन्ताजाह क्षेत्रमा रहेको रौदत अल खैल पार्क उध्दघाटन तथा वृक्ष रोपण गरेका छन् l  महामहिमको उपस्थितिमा महामहिम श्री माइक बोर्जिकी, विल्मिङटन – डेलावेयरका मेयर, हाल कतार भ्रमणमा रहेका अमेरिकी प्रतिनिधिमण्डलका धेरै सदस्यहरू र नगरपालिका तथा निर्माण मन्त्रालय र दोहा नगरपालिकाका केही अधिकारीहरू बिच पार्कको उध्दघाटन तथा वृक्ष रोपण गरेका हुन । सो अवसरमा नेपाली समुदायको तर्फबाट  मोहम्मद रमजान अलि मियाँ को उपस्थिति रहेको थियो ।

 

आजबाट सर्वसाधारण का लागी खोलिएको उक्त पार्कमा व्यवस्थित तवरले पार्कमा १,१८३ मिटर लम्बाइ भएको पैदल यात्रु मार्ग, १,११९ मिटर लम्बाइको दौडने ट्र्याक र १,११८ मिटर लम्बाइको साइकलका ट्रयाक , ९८,००० वर्ग मिटर क्षेत्रफल ओगटेको हरियाली वृक्ष र १,६०० रूखहरू समावेश छन्। जसले पार्कलाई यस क्षेत्रको सौन्दर्य र आकर्षक गन्तव्य बनाउन योगदान पुर्‍याएको छ, व्यायाम तथा स्वास्थ्य को उपकरणले सुसज्जित व्यायाम क्षेत्रहरू, र बालबालिकाहरुका लागी  ध्यानमा राख्दै २ देखी ५ वर्ष  र ६ देखी १२ वर्ष उमेर समूह मा विभाजित बच्चाहरूको लागि दुई खेल मैदान रहेको छ ।

 

पार्कमा ४०  साइकल स्ट्यान्ड, ७  रेस्टुरेन्ट किओस्क, १३७ लाइटिंग पोल, ८ बारबेक्यू बनाउने स्थान साथै स्थानीय रूपमा निर्मित सिट र एक मोटर साईकल धावन मार्ग पनि रहेको छ ।

 

दोहाका १७ एरियाका बासिन्दाहरुले यस पार्कको उपभोग गर्न सक्ने दृस्ठिकोणले पार्कलाई आधुनिक शैलीमा निर्माण गरिएको छ।

 

कतारको सडक र सार्वजनिक स्थानको सौन्दर्यीकरणको सुपरिवेक्षण समितिले नगरपालिका मन्त्रालयसँगको सहकार्यमा रौदत अल खैल (अल मुन्ताजाह) पार्क निर्माण सम्पन्न  गरेको हो

 

राउदत अल खैल मैदान पार्क अल दोहाको सबैभन्दा पुरानो पार्कहरू मध्ये एक हो जसले एक भन्दा बढी क्षेत्रहरूलाई समेटेको छ, यो अल मुन्ताजाहमा १४०,००० वर्ग क्षेत्रफलमा रहेको र सबै उमेर समूहहरूलाई लिक्षत गरी यसमा विभिन्न मनोरञ्जन र खेलकुद सुविधाहरू र आधुनिकताको प्रतिनिधित्व गर्ने बारहमासी रूखहरू समावेश छन्।

No description available.

उक्त संम्पदा संरक्षक परियोजना समितिका अध्यक्ष ईन्जिनियर मोहम्मद अल खालिदीले भने, “हामी राउदत अल खैल पार्क विकसित गर्न पाउँदा खुसी छौं, जसले सबै उमेर समूहका आगन्तुकहरूलाई विभिन्न सुविधाहरू, मुख्यतया पैदल यात्री ट्रेल, साइकल र खेलकुद क्षेत्रहरू मार्फत धेरै रमाइलो अनुभवहरू प्रदान गर्दछ।”

अर्का सोही परियोजनाका प्रबन्धक ईन्जिनियर माजेद अल-मदादीले भने, “कार्यान्वयन गरिएका विकास कार्यहरूमा पार्कमा बारहमासी रूखहरू संरक्षण गर्ने, जहाँ पैदल यात्री र साइकल चलाउने हरुका लागी शितल छहारी रहोस भनी मार्गहरू मा ठूला रूखहरू छायाँका लागि  रोपिएको हो ।

इन्जिनियर जस्मिन अल शेख, परियोजना डिजाइनरका  प्रबन्धकले भने, “पार्कको विशिष्ट डिजाइनले आधुनिकता र सम्पदालाई जोडेको छ, किनभने डिजाइनरले पार्क वरपरको क्षेत्रलाई पनि विचार गरे जुन यसको बाक्लो जनसंख्या र ट्राफिकले परिचित छ।

 

कतारले एक मिलियन रुख लगाउने र बृछ्यरोपण गर्ने अभियान अन्तर्गत यहाँ पनि आज माननीय मन्त्री ज्यु र अमेरिकी शहरका मेयरले सामुहिक बृच्छ्य रोपण गरेका थिए ।

No description available.

अल हिलाल देखि अल सद सम्मका बासिन्दाहरुको निम्ति यो मनोरञ्जनका लागि मुख्य गन्तव्य हुने आशा लिइएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस