२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

श्रीलंका आर्थिक संकटमा, सरकार मौन

दुई करोड़ बीस लाख को जनसंख्या रहेको श्रीलंका वित्तीय र राजनीतिक संकट को कारण समस्यामा परेको छ । प्रदर्शनकारी कर्फ्यूको विरोध गर्दै सड़कमा उत्रिएका छन र त्यहाँको सरकार को मंन्त्रीहरूले सामूहिक राजीनामा समेत गरेका छन ।

साल १९४८ मा स्वतंत्रता पाए पछिको यो सबैभन्दा ख़राब आर्थिक स्थितिको सामना गरी रहेका छन । श्रीलंका अहिले अत्याधिक महंगाई को कारण त्यहाँको जनजिवन अस्तव्यस्त बनेको छ ।

एक हफ्ता देखी भडकिएको विरोध प्रदर्शन हिंसक बन्दै गए पनि त्यहाँको सरकार भने मौन बसेको छ ।

श्रीलंका मा आर्थिक संकट को कारण के थियो ? त्यहाँको आम जनता को कस्तो अवस्था छ ?

श्रीलंका  हिंद महासागर को टापुमा अवस्थित भारत को छिमेकी राष्ट्र पनि हो । नीलो समुद्र को बीच अवस्थित हरियाली ले अति शुन्दर सजिएको द्वीप आफ्नो प्राकृतिक सुंदरता को कारण पनि पर्यटक हरुलाई आकर्षित गरेको छ ।

श्रीलंकाको हालको आर्थिक संकटको कारण पर्यटकहरु को पनि पर्यटनमा मन्दी आएको छ ।

अंग्रेज़को डेढ़ सय साल को पुरानो राजमा श्रीलंका ले १९४८ मा बाहिर निस्केर श्रीलंकाले आफ्नो स्वतन्त्रता पछि यो नै सबै भन्दा ठुलो आर्थिक संकटको सामना गर्न परेको छ ।

खान पिउने सामान दूध, ग्याँस, मट्टीतेल र आवश्यक औषधी जस्तो वस्तुहरुमा अत्याधिक महंगाई र १२ देखी १३ घण्टा दैनिक लोडसेटिंग को मार श्रीलंकाको जनताहरुले खेपेका छन र पेट्रोल(डीज़ल को लागी मारामारी को कारण पेट्रोल पंम्पमा त्यहाँको सरकारले सेना तैनात गरेका छन ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस