२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

नवलपरासी समाज कतारद्वारा शुभकामना आदानप्रदान तथा इफ्तार कार्यक्रम 

दोहा ।

नवलपरासी सेवा समाज कतारद्वारा नयाँ वर्ष २०७९ साल तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा शुभकामना आदानप्रदान तथा इफ्तार कार्यक्रम गरेको छ ।१५ अप्रिल २०२२ शुक्रबारको दिन रेड चिल्ली रेष्टुरेन्ट प्लाजा ग्रेन्ड मलमा नवलपरासी सेवा समाज कतारले नयाँ वर्ष २०७९ साल तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा शुभकामना आदानप्रदान तथा इफ्तार कार्यक्रम गरेको हो।

गैर आवासीय नेपाली संघ आईसीसीका उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्य र कृष्ण पन्थीको सभापतित्वमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरु, ईस्लाम धर्मका गुरु, मौलानाहरु लगायतको उपस्थित रहेको थियो । उपस्थित पाहुनाहरुलाई टोपी प्रदान गरि महिला उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत गरेकी थिइन भने स्वागत मन्तव्य संस्थाका द्वितीय उपाध्यक्ष सुरज कुंवरले गरेका थिए ।

शुभकामना मन्तव्य आईसीसी उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र राना भाट आईसीसी मध्यपुर्व संयोजक केबि हमाल , एनसीसी कतारका सचीव दिप जङ्ग शाह,नेपाली महिला समाज कतारको उपाध्यक्ष माया केसी सामाजिक ब्याक्तित्वहरु चानक पोख्रेल, अजिज अलि साकिर अलि ई.मोहम्मद हारिस बुद्ध पाण्डे ठाकुर कुमार परियार, कमल अर्याल लगायतका  ब्यक्तित्वहरुले शुभकामना राखेका थिए ।

इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा पबित्र महीना रमजानमा कठोर उपवास बस्ने,सामुहिक इफ्तार अनि सामुहिक नमाज कल्याण लागि अल्लाह संग दुआ (प्रार्थना) गर्ने मौन व्रत राखे पुण्य प्राप्त हुने मौलान गुरुहरुले बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाको इस्लाम समुदायमा रहेको मदरासाको सहयोगको लागि नवलपरासी सेवा समाज कतारले ५०१ रियल सहयोग गर्ने घोषणा गरेको छ।

भने कार्यक्रमको सहजीकरण महासचिव दुर्गा हमाल ठकुरीको रहेको थियो उपस्थित सम्पुर्णलाई अध्यक्ष द्वारा धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस