२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

पत्रकार महासंघ कतारको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न

दोहा-नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली रास्ट्रीय गानबाट सुरु भएको कार्यक्रममा सहभागीले परिचय सहित एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख सल्लाहकार तिर्थ सङम राई, सल्लाहकार क्रान्ति सिह ,राम प्रसाद पराजुली, सिताराम थापा र अनुशासन बिभाग प्रमुख दिपजंग शाहले पत्रकारीता गर्दाका आफ्ना अनुभव संगै कतारमा रहेर पत्रकारीता गर्दा ध्यानदिनुपर्ने कुरा बारे जानकारी गरेका थिए ।

कार्यक्रममा शाखाका निवर्तमान कोषाध्यक्ष एवं वेबसाईट डिजाइनको संयोजन गरेका भोला थापा क्षत्रीले कतार शाखाको आफ्नै वेबसाईट तयार भएको भन्दै महासंघका पार्सद सदस्यलाई समाचार तथा लेख रचना लेखनलाई तिब्रता दिन अनुरोध गरे ।

सो कार्यक्रममा शाखाका अध्यक्ष करिम बक्स मियाँले कतारमा रहेर पत्रकारीता गर्दा अवसर र चुनौती दुबै रहेको भन्दै पत्रकारीताको आचारसंहिता र कतारको कानुनको अधिनमा रहि समाचार लेख्न तथा प्रसारण गर्न अनुरोध गरेका थिए ।

मियाँले नेपालमा विभिन्न भुमिकामा मिडिया जोडिएर कतारमा आएर पुन महासंघ संग जोडिएर पत्रकारितालाई निरन्तरता दिनु सकारात्मक रहेको भन्दै एक अर्का बाट सिक्दै आफुलाई अब्बल बनाउन सबैलाई अनुरोध गरे ।

शाखाका उपाध्यक्ष दिलकुमार श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सन्चालन भने  सचीव ढाकाराम पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस