२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने

दोहा / नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा शुभकामना तथा बृहत इफ्तार कार्यक्रम हुने भएको छ । समिति कतारले नयाँ वर्ष २०७९ तथा पवित्र महिना रमजानको अवसर पारेर शुभकामना आदानप्रदान सहित ” बृहत इफ्तार कार्यक्रम” हुन लागेको हो ।

२२ अप्रिल २०२२ शुक्रबार, ह्ववाइट हाउस रेष्टुरेन्टको सभा हल (ग्राण्ड महल) सनैयामा दिउसो ३:०० बजे देखि  शुरु हुने कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, मुस्लिम समाज र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थितिको हार्दिक निमन्त्रणा गरेको नेपाली जनसम्पर्क समिति कतारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस