२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामाग्री बितरण

करीव ३५ जना महिला सन्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

दोहा- लमजुङ सेवा समाज कतारले लमजुङका महिला पत्रकारहरुलाइ यहि अप्रिल १९ तारिक मंगलबारका दिन स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

समाचार संकलनका क्रममा विभिन्न कार्यालय तथा स्थानहरुमा हिडिरहनु पर्ने भएकोले जिल्लाका रेडियो दैनिक साप्ताहिक तथा अनलाइन मिडियामा कार्यरत करीव ३५ जना महिला सन्चारकर्मीलाई नेपाली दश हजार रुपैया बराबरका सेनिटाइजर , मास्क लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

सन्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको अनुरोधमा उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको हो भने सहजीकरणको काम लसेस कतारका महासचिव बिनोद थापा मगरले गरेका थिए ।

लमजुङ जिल्लाको बेशीसहरमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमका नेपाल पत्रकार महासङ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विदेशमा रहेकाहरुको संस्थाले जिल्लाका पत्रकारहरुका लागि राम्रो काम गरेको बताए ।

उनले पत्रकारको आवश्यकता अनुसार ल से स कतारले सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

यसै गरि सञ्चारिका समूह लमजुङकी सल्लाहकार मिना गुरुङले समाजले पत्रकार महिलाका लागि पवित्र काम गरेको बताईन । उनले पत्रकारहरु फिल्डमा जानुपर्ने, आउजाउ गरिरहनुपर्ने भएकाले सामग्रीले ठूलो सहयोग गर्ने बताईन ।

कार्यक्रममा समाजका प्रमुख सल्लाहकार नवराज नखोलाले जिल्लामा हुने बिभिन्न दैवी प्रकोप तथा बिपदका समयमा लमजुङ सेवा समाज कतार ले बिबिध सहयोग गर्दै आएको बताए । भयो भने द्वितीय उपाध्यक्ष बुद्धिसागर सुवर्णकारले कतारमा हुने लमजुङे दाजुभाइ तथा दिदी बहिनिहरुलाई दुख सुखमा साथ दिने काम लमजुङ सेवा समाजले गरेको बताए ।

सो कार्यक्रममा ल से स कतार मर्स्याङग्दी गाउँपालिकाका पुर्व सम्योजक संयोजक अनन्त घिमिरेको पनि उपस्थिति रहेको थियो ।

सञ्चारिका समूह लमजुङका अध्यक्ष बसन्ता भट्ट बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारिका समूह लमजुङका उपाध्यक्ष श्रीकला भण्डारीले स्वागत मन्तब्य राखेकी थिईन भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष शान्ता कमलीले र सञ्चालन सचिव बेलिना थापाले गरेकी थिईन ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस