२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

पत्रकारले उम्मेदवारी दिए सदस्यता खारेज हुने (विज्ञप्ति सहित)

दोहा ।

नेपाल पत्रकार महासंघले आफ्ना कुनै पनि पदाधिकारी र सदस्यले चुनावमा उम्मेदवारी दिएमा महासंघको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

महासंघले कोही पनि सदस्यले उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ ।

त्यस्तै, महासंघले चुनावमा महासंघका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ । स्थानीय तहको चुनावको यही बैशाख ३० गते हुँदैछ ।

 

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस