२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

नेपाली प्रवासी मञ्च कतारको शुभकामना आदानप्रदान तथा बृहत ईफ्तार कार्यक्रम सम्पन्न

दोहा -नेपाली प्रवासी मञ्च कतारले इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

गत विहिबारका दिन मञ्चका अध्यक्ष चानक पोखरेलको सभापतित्व तथा नेपाली राजदूतावास कतारका दित्तिय सचिव प्रवीण भट्टराईको प्रमुख आतिथ्यतामा नज्मा स्थीत सालीमार रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईको ईफ्तार कार्यक्रम सामूहिक रूपमा मनाउन आग्रह गरे । उनले हरेक वर्ष फरक फरक आयोजक रहँदै सामूहिक रूपमा सबै सँग सहकार्य गरेर कार्यक्रमको आयोजना गर्न अनुरोध गरेका थिए ।

एनआरएनए आइसिसी युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रवीण गुरुङ लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका प्रतिनिधि र अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए ।

मञ्चका उपाध्यक्ष जियाबाबु खानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण महासचिव प्रभात त्रिपाठीले गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति पोखरेलले ईफ्तार कार्यक्रमले भाइचारा कायम रहने बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस