२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा तीन किराती संस्थाहरुले उभौली चाड मनाउदै

कार्यक्रम आगामी २० मे  शुक्रवारका दिन दोहाको नज्मा स्थित शालिमार रेष्टुरेण्टमा हुने

दोहा – कतारमा स्थापित तीन किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा (उभौली ) चाड मनाउने भएका छ्न ।

किरात मूल समारोह आयोजक समितिले विगतका बर्षहरुमा झै यसवर्ष पनि किरातीहरुको महान चाड “सालिवा स्यादर पिदार, यक्वा तङ्नाम, साकेला उभौली-५०८२” कार्यक्रम आगामी २० मे  शुक्रवारका दिन दोहाको नज्मा स्थित शालिमार रेष्टुरेण्टको सभाहलमा मनाउने भएको हो ।

कोरोनाको महामारी पश्चात केहि सहज परिस्थिती भएको हुदा सुरक्षाको मापदण्ड अपनाउदै किरात मूल समारोह आयोजक समितिको चक्रिय प्रणाली अनुसार सुनुवार सेवा समाज शाखा कतारको अध्यक्ष जनक सुनुवारको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा तथा उप संयोजकहरु किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बू र किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष शंकर मान राई साथै कतार स्थित विभिन्न सामाजिक संघ सस्थाहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीविहरु लगायत कतारमा रहेका किराती दाजुभाई तथा दिदि/ बहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा किरातीहरुको मौलिक सांकृतिक झाकी लगायत स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथ मनाउन लागेका हुन ।

किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्य उभौली चाड एक महान चाड हो । जसलाई किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार , लिम्बु समुदायले यक्वा तङ्नाम र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।

दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदाँ यसलाई उभौली चाडको रुपमा मान्ने /मनाउने गरिएको छ ।

त्यसै गरि अर्को सिजन मंसिर महिना जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने/मनाउने गरिएको हो ।

बैशाखे पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भुमी पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाच्दैँ धुम धामका साथ बनाउदै आएका छन ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस