२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

दोहा-नेपाली जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा गत आइतबार शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली राजदुतावास कतारका द्दितिय सचीव प्रवीण भट्टराईले सबै धर्मको सम्मान हुने गरि गरिने कार्यक्रमले एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए ।

उनले सामाजिक संघ–संस्थाका कार्यक्रम सहभागी हुँदै गर्दा प्राप्त हुने सल्लाह सुझाव अनुसार दूतावासका काम कार्वाहीमा पनि आवश्यक सुधार गर्न सहयोग पुग्ने साथै कार्यक्रमहरुलाई भासणको सेडुयलमा मात्रै समिती राख्नु भन्दा उदेश्यमा केन्द्रित गरेर उपलब्धि मुलक बनाउन सुझाव समेत दिएका थिए ।

May be an image of 7 people and people standingसो कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, एनआरएनए मध्यपुर्व उपसंयोजक केवि हमाल,नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार इन्जिनियर अयुब हक, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष रामहरी गैरे, संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास अध्यक्ष रेखा राई, एनसिसि कतारका द्दितिय उपाध्यक्ष प्रेम चलाउने, नेपाल पत्रकार महासङ्ग कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, प्रदेश संस्थाको तर्फबाट बागमती प्रदेश समन्वय परिषदका प्रमुख सल्लाहकार नन्द ढुंगाना र जिल्ला संस्थाको तर्फबाट नवलपरासी सेवा समाजका अध्यक्ष कृष्ण पन्थीले शुभकामना मन्तव्य राखेका थिए ।

May be an image of 6 people, people standing and text that says 'जनप्रगतिशिल मन्च कत People's Foruky स्वापित २००७ पदित्र महिना रमदानको पावन ईप्तार कार्यक्रम २०२२'कार्यक्रममा मौलाना अहमद दशिस मौलाना इशाक नदवी, मौलान अब्दुल गफुर अहमदले कुरान तथा रोजाको बारेमा जानकारी गराएका थिए ।

May be an image of 6 people and people standingनेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक सद्दाम हुसेनले गरेका थिए भने संचालन महासचिव माहमुद कार्कीले गरेका थिए ।May be an image of 2 people, people sitting, people standing and indoorMay be an image of 5 people and people standingMay be an image of 7 people and people standingMay be an image of 4 people, people sitting and people standingMay be an image of 4 people, people standing and indoorMay be an image of 5 people, people standing and text that says 'जनप्रगतिशिल मज्च कतार Progressive People's Forum Qatar स्वापित:- २००७ पकित्र महिना रमदानको पावन अवसरमा कार्यक्रम'

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस