२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

सांस्कृतिक कार्यक्रमको तयारी पुरा

दोहा- कतारमा इद तथा नेपाली नयाँ वर्षको अवसरमा हुने शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार र कतारमा स्थापित विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आउँदो मङ्गलवार (इद ) को दोस्रो दिन हुन गहिरहेको बृहत सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो ।

अल अरबी स्पोर्ट्स क्लबको कभर्ड हलमा बिहान १० बजेदेखी हुने कार्यक्रममा आज सम्म गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार संगै अन्य ५८ संस्था आयोजक बन्ने निश्चित भएको एनआरएनए एनसिसि महासचिव पदम गिरिले जानकारी  दिए ।

कार्यक्रममा कतारमा रहेका पुर्व मेची देखी पश्चिम महकाली सम्मका नेपालका विभिन्न जात जातिका मौलिक झाँकी, नृत्य, हास्यब्याङ्ग लगायतका विशेष प्रस्तुति रहने एनआरएनए एनसीसी कतारका सांस्कृतिक संयोजक सामुयल सुनुवारले बताए ।  सुनुवारले यस पटक स्थानिय कलाकारलाई प्राथमिकतामा राखेर तयारी गरिएकोले कार्यक्रम बिशेष हुने बताए ।

कोभिड (covid ) १९ पछि हुन लागेको बृहत सास्कृतिक कार्यक्रममा आयोजक संस्थाले १० वटा टिकट पाउने र अन्य दर्शकलाई कार्यक्रम हेर्नका ५० कतारी रियाल टिकट शुल्क कायम गरिएको एनआरएनए एनसिसि प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार संगै आयोजक संस्थामा प्रवासी नेपाली मञ्च कतार, नेपाली जनसम्पर्क समितिकतार,नेपालि जनप्रगतिशिल मञ्च कतार,प्रवासी नेपाली एकता मञ्च ,कतार,नेपाली समाज कतार, संघीय लिम्बुवान सामाजिक मञ्च कतार, विवेकशील साझा सद्भाव समूह, कतार, नेपाल आदिवासी जनजाति महासंघ कतार, नेपाली महिला समाज, प्रदेश नं १ समन्वय परिषद् , मधेश प्रदेश समन्वय परिषद, गण्डकी प्रदेश समन्वय परिषद , लुम्बिनी प्रदेश समन्वय परिषद , सुदुरपश्चिमेली नेपाली समाज(प्रदेश न .७ ), खोटाङ सेवा समाज , धनकुटा सेवा समाज , झापाली समाज, १८ संखुवासभा समाज, ताप्लेजुङ पाथीभरा सेवा समाज, ईलाम सेवा समाज, सुनसरी सृजनसिल परिवार, मोरङ्सुनसरी सेवा समाज, उदयपुर प्रवासी सेवा समाज , ओखलढुंगा सेवा समाज, भोजपुर सेवा समाज, धनुषा सेवा समाज,सिरहा सेवा समिति चितवन युवा समुह रहेका छ्न ।

यस्त सिन्धुली सेवा समाज, तनहुँ सेवा समाज , पर्वत समाज , स्याङ्गजा सहयोग समाज, बागलुङ सेवा समाज , लमजुङ सेवा समाज, म्याग्दी प्रवासी, नेपाली संघ (मोना), गोरखा सेवा समाज, कास्की आदर्श समाज, नवलपुर सेवा समाज , गुल्मी सेवा समाज, सामाज सेवा अभियान रुपन्देही, दाङ्ग देउखुरी सेवा, अर्घाखाँची सेवा समाज, पाल्पाली सेवा समाज, बुद्ध भुमि कपिलवस्तु सेवा, नवलपरासी सेवा समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, दलित एकता संजाल राष्ट्रिय समन्वय समिति, ठकुरी सहयोग संजाल,परियार मित्रता समाज, बिश्वकर्मा समाज, लि ल फङ्ग घले समाज, राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान कतार, सदभाब युवा समाज, अनेसास नबोदित साहित्यिक वाचन डबली कतार, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी कतार, नेपाली प्रवासी एकिकृत श्रमिक सघ कतार (ICTU),मितेरी समाज र सन्ध्या ग्रुप अल्खोर रहेका छन ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस