२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

GSG Qatar को सह-कार्यमा श्रमिक चेतनामूलक कार्यक्रम सम्पन्न

दोहा-नेपाली प्रवासी श्रमिक संघ (GEFONT Support Group ) को सहकार्यमा ITUC कतारले आज (६-मे-२०२२) श्रमिक चेतना मूलक कार्यक्रम सम्पन्न गर्यो।
शुक्रवारको छुट्टीको अवसर पारेर कतारको श्रम कानुनमा व्यवस्था गरिएको “श्रमिक का अधिकार तथा कर्तव्यहरू” भन्ने शीर्षकमा श्रम कानुनमा गरिएका प्रावधानहरू उपर इण्डियन कम्युनिटी, बंगाली कम्युनिटी, श्रीलंकन कम्युनिटी र नेपाली कम्युनिटी बीच संयुक्त रूपमा श्रमिक चेतनामूलक कार्यक्रम इन्स्पायर म्यानेजमेण्ट ट्रेनिङ्ग सेन्टरमा आयोजना गरिएको थियो।

इण्डियन कम्युनिटीका लिगल एड्भाइजर संजीव शर्मा को समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न किसिमका श्रमिकका समस्याका विषयहरू उठेका थिए र त्यसलाई कानुनी सल्लाहकार संजीव शर्माले सहज तरिकाले प्रष्ट्याउँदै निवारणका तरिकाहरू बताएका थिए। कार्यक्रमको बीचमा संजीवले आफ्नो फोन नम्बर शेयर गर्दै आफ्नो बेस सनैया भएको तर पनि कतार भित्रका सबै प्रवासी श्रमिकहरूले तलब सम्बन्धी कठिनाई परेको खण्डमा सम्पर्क राख्न सक्ने तथा सम्पर्ककर्ताको गोपनियताको ख्याल राखिने समेत बताएका थिए।

ITUC कतारका नेपाली प्रतिनिधी विश्वराज नेपालले कतारका श्रम कानुनमा भएका श्रम सुधारहरूको विषयमा प्रष्ट्याउँदै “अधिकार खोज्दै गर्दा सबै श्रमिकहरूले आफ्नो कर्तव्य बिर्सन नहुने” भन्दै विभिन्न प्रतिनिधिमूलक समस्याहरूका समाधानका विषयमा समेत प्रकाश परेका थिए। कार्यक्रमका सहजकर्ता खेमराज सुवेदीले उक्त कार्यक्रममा Recruitment Advisor website मा कसरी आफ्ना अनुभव सेयर गर्दै अरूलाई समस्यामा पर्नबाट बचाउन सकिन्छ भनेर प्रष्ट्याएका थिए।
कार्यक्रममा इण्डियन कम्युनिटी बाट १२ जना, बंगाली कम्युनिटी बाट १० जना, श्रीलंकन कम्युनिटी बाट ८ जना तथा नेपाली कम्युनिटी बाट २५ जना गरि ५० भन्दा माथि प्रतिनिधिमूलक श्रमिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित कम्युनिटीका अग्रजहरूले धन्यावाद ज्ञापन गर्दै यस्ता कार्यक्रमको माध्यमबाट श्रमिकहरूका हीतमा धेरै भन्दा धेरै चेतनाको अभिवृद्धि गर्न सकिने हुँदा आगामी दिनमा छिट्टै इण्डियन कम्युनिटीले यस्तो कार्यक्रमको आयोजना गर्ने र सबै कम्युनिटीका श्रमिकहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाइदिन अनुरोध गरेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस