२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा टिकटक स्टार अवार्ड २०२२को उपाधि मुमताज र उमालाई  

दोहा – टिकटक स्टार अवार्ड-२०२२ को पहिलो उपाधि कतारलाई कर्मथलो बनाउदै आएका द्वय  मुमताज राइन र उमा शर्मा ‘सोफिया’ ले हात पार्न सफल भाएका छन ।

कही विकृतिका रूपमा समेत चिनीएको टिकटकका माध्यमबाट सामाजिक उत्तरदायित्व वहन संगै मर्यादित बनाऊँन सकि किंछ भन्ने हेतुले टिकटकको इतिहासमै पहिलो पटक दोहा स्थित एसियाना दोहोरी, गजल रेष्टुरेण्ट एण्ड बारको आयोजनामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको  हो।

 

भवाईस अफ नेपाल, बुकी बुकी जस्ता नेपालकै पहिला ‘रियलिटी शो’ को ग्राण्ड फिनाले कतारमा आयोजना गर्न सफल दोहोरीका संचालक तथा ग़ैरआवासीय नेपाली संघका सचिव प्रवीण गुरुङ कै नेतृत्व एवं एनआरएनए मध्यपूर्व यूवा विभागको आयोजनामा एनआरएनए कै ईतिहासमा पहिलो पटक ग्लोबल एनआरएन सिंगिंग आईडल सेकेण्ड जेनेरेशनको पहिलो सीजन गायन विधाको रियालिटी शो सम्पन्न भएको थियो ।

नेपाली कला, साहित्य र संस्कृतिलाई विश्वमा चिनाऊने उदेश्यका साथ स्थापित एसियाना दोहोरीद्वारा आयोजित पहिलो अवार्ड २०२२ विजेता द्वयले संयुक्त रूपमा एक लाख तीस हज़ार र प्रमाण पत्र पाएका थिए।

पूर्व निर्धारित कार्यक्रम अन्तर्गत पहिलो विजेताको राषी एक लाख मात्र भए पनि अभिनयलाई मुख्य आधार मानदै पहिलो स्थान दुईजना प्रतियोगिले प्राप्त गरेको हुँदा पुरस्कारको राषी थप तीस हज़ार गरीएको र उक्त पुरस्कार राषिको भागीदार विजेता द्वय बराबरी हुने कार्यक्रमका होष्ट बिजय राज अधिकारीले जानकरी दीएका थिए।

औपचारीक घोषणा लगतै दीप संचार मीडिया संगको संक्षिप्त कराकानीका क्रममा निर्णायक तथा भेटघाट रेष्टुरेंटका संचालक एवं चितवन यूवा समूहका अध्यक्ष  श्याम पाण्डेले भने “विजेता द्वय मुमताज़ र सोफ़ियाको अभिनय एक अर्काको परिपूरक भाएको हुँदा हामिले यस्तो निर्णय गरेका हौं, जून न्यायोचित रहेको महसूस हामिले गरेका छौं’

त्यस्तै सो अवार्ड कार्यक्रमको पहिलो रनर अपको उपाधि सहित नेपाली रुपैया पचास हज़ार र प्रमाणपत्र आसिफ खान ‘राजा’ ले हात पार्न सफल भएक़ा थिए भने दोस्रो रनरअपको अवार्ड संगै नेपाली रुपैया पच्चीस हज़ार र प्रमाणपत्र लक्ष्मी दर्नाल ‘पर्ल’ ले हात पार्न सफल भएकी थिईन।

आयोजक गुरुङ संगै भबिन तामाङ, दिलिम कुमार र श्याम पान्डे निर्नायक रहेको उक्त कार्यक्रमबाट अवार्ड विजेता द्वय मुमताज़ र सोफ़ियाले आफूहरूले प्राप्त पुरस्कार राषी आख़ाको उपचारत आशय एवं गरीब दुई परिवारलाई संयुक्तरूपमा दान दिने घोषणा समेत गरेका थिए।

पुरस्कार राषि बुझे लगतै विजेता मुमताज़ले संचारकर्मी संगको क़ुराकानीका क्रममा एक हप्ता भित्र उक्त पैसा आफ़नो गाऊमा रहेका आँखाका विरामिलाई संचार कर्मी एवं स्थानीय जनप्रति निधिको रोहबरमा हस्तांतरण गर्ने जानकारी दिए।

 

२० जना कतारका सक्रिय टिकटकरहरुलाई नोमिनेट गरिएको कार्यक्रम तीन राउण्डमा विभाजित गरीएको थियो । जस अन्तर्गत प्रतियोगीहरूले पहिलो राउण्डमा १५ सेकेन्डको गितमा नित्य गरेका थिए भने दोस्रो राउन्डमा १५ सेकेन्ड भन्दा बढीको कुनै पनि बिसयमा रहेर अभिनय गरेका थिए ।

त्यस्तै तेस्रो राउण्डमा प्रतियोगीहरूले टिकटक मार्फत आफुले गरेका सामाजिक कामका बिसयमा रहेर एक मिनेटसम्म प्रष्टयाएका थिए ।

आयोजक तथा ग़ैरआवासीय नेपाली संघ, अंतर्राष्ट्रीय समन्वय परिषदका सचिव गुरुङले कार्यक्रम समापन गरदई आफू नेपाली कला संस्कृति र नेपाली पहिचानका लागी संधै यस्ता कार्यक्रम हरू आयोजना गरिरहने प्रतिबद्दता व्यक्त गरे । गुरुङले आगामी जून पहिलो सातामा अर्कों एक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिदै औपचारीक घोषणा छिट्टै गर्ने बताए।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस