२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

रुपन्देहीमा गठबन्धनको जित कसैले रोक्न सक्दैन: रामकृष्ण खाँण

रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेस प्रवेश गरे

बुटवल–नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले रुपन्देहीमा गठबन्धनदलका उम्मेदबार बिजयी नजिक पुगेको बताएका छन् । उनले अन्य पार्टी पार्टी परिवर्तन गरेर गठबन्धनमा होमिनेहरु दैनिक रुपमा बढ्दै गएको र घरदैलोमा पुग्दा मतदाता गठबन्धनप्रति उत्साहित भएको पाइएको बताए । उनले रुपन्देहीमा गठबन्धनको जित पक्का रहेको बताए ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै उनले अब आफुहरुको जितलाइ कसैले रोक्न नसक्ने दाबि गरे ।
रुपन्देहीको तिलोत्तमा नगरका मेयरका दाबेदार रहेका उनले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाए ।
तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताए । उनले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताए ।
उनले नगरमा सुशासन,स्वास्थ्य,सरसफाइ,शिक्षा,सामाजिक सुरक्षा,भौतिक पुर्वाधार ,कृषि लगायतका जनताका एजेन्डा अगाडी सारिएको बताए ।

बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नु : गृहमन्त्री बालकृष्ण खांण

बुटवल–गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्ने पार्टी एमालेलाइ भोट नदिन आग्रह गर्नुभएको छ । बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताउनुभयो ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको आरोप लगाउनु भयो ।
उहाले भन्नुभयो – ‘यसअघि स्थायी राजधानी बुटवल नै बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’

उहाले एमाले उपाध्यक्ष विष्णु पौडेल प्रति कटाक्ष गर्दै सुकुम्बासीको नाममा आफैंले बुटवल र काठमाडौंमा जग्गा लिएको आरोप लगाउनुभयो । ‘सुकुम्बासीलाई व्यवस्था गर्नुभयो कि आफ्नो व्यवस्था गर्नुभयो ?’ खाँणले भन्नुभयो– ‘सुकुम्बासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र होइन काठमाडौंमा पनि ।’

उहांले नेपाली राजनीतिमा शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताउनुभयो । उहाले रुपन्देही सहित देशभर गठबन्धनलाइ जिताउन आग्रह गर्नुभयो ।
रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । तिलोत्तमामा रामकृष्ण खांण नेतृत्वलाइ बिजयी गराउन उहाको आग्रह छ ।

एमालेलाइ मनोरञ्जन दिलाउंछ भनेर भोट दिने ?

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताउनुभयो । उहांले एमाले अध्यक्ष ओलीले मिठा हावा गफ मात्रै गरेको र मनोरञ्जन दिलाउने काम मात्रै गरेको आरोप लगाउनुभयो । उहांले राजनीति खेलवाड र मनोरञ्जन गर्ने थलो नभएको भन्दै गम्भीर बन्न आग्रह गर्नुभयो ।
’आफ्नो दुई तिहाइको सरकार ढाल्ने अनि गफ गरेर हुन्छ,’ उहाले भन्नुभयो, ’गफ गर्ने र मनोरञ्जन गर्छौं भनेर भोट माग्ने ?’

राज्यसत्ताको दुरुपयोग रोक्न गृहमन्त्री रुपन्देही आएको बेला निजी गाडी चढे

बुटवल-गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गर्नुभएको छ । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेका बेला उहांले गृहजिल्ला आएका बेला निजी गाडी चढ्नुभएको हो ।
शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न र आमसभाका लागि गृह जिल्ला रुपन्देही आउनुभएका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गर्नुभएको हो ।
उहांले बा ११ च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिनुभयो ।

रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेस प्रवेश गरे

बुटवल–रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले लगायतका पार्टी परित्याग गरि उनीहरुले नेपाली कांग्रेस रोजेका हन् ।
तिलोत्तमा वडा न ३ मा एक कार्यक्रममा बिच उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य कमला अधिकारीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमामा कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा बोल्दै नेता खांणले युवा जोस जाँगरले नेपाली कांग्रेसले बिजयी हासिल गर्ने दाबि गर्नुभयो । उहांले देशभर नै कांग्रेसमा जनमत देखिएकोले जित पक्का भएको उल्लेख गर्नुभयो ।

उहांले युवापुस्ताहरुको रोजाईको पार्टी कांग्रेस भएको बताउँदै नव प्रवेसीहरुलाई पार्टीमा पुरानै कार्यकर्ता सरहको ब्यहार र समान अवसर प्रदान गरिने बताउनुभयो । उहांले स्थानीय तह निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन आग्रह गर्नुभयो ।
यस्तै उहांले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताउनु भयो । उहांले नेपालमा धेरै जनता गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताउनुभयो ।

अब राजा फर्काउने लगायतका अन्य मुद्दाहरूको कुनै काम नभएको तर्क गर्दै उहांले भन्नुभयो–‘हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजसंस्था फाल्यौ, अब राजाका मुद्दा बोकेर केही फाइदा छैन्, जनताका आवश्यकताका मुद्दा बोक्नुपर्छ, यो काम कांग्रेसले मात्रै गर्छ, म मेयरको उम्मेदवार हुँदा पनि यो मुद्दालाई नै बोकेर अगाडि बढेको छु ।’

२०७४ सालको निर्वाचन पछि एमाले नेतृत्वको सरकार तीनै तहमा बनेपनि कुनै काम हुन नसकेको बताउँदै उ नले अब कांग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस तिलोत्तमा ३ का सभापति केशरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता तथा पूर्व वडाअध्यक्ष उदय बहादुर गुरुङ, नेपाली कांग्रेस तिलोत्तमा ३ का सचिव दिनेश सुबेदी लगायतले सबै एकजुट भएर गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउनु पर्ने बताउनु भयो ।

 

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस