२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

मतदाता बोकेको जिप दुर्घटना, १३ को मृत्यु, १२ घाइते

वालिङ। स्याङ्गजाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने, १२ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिख्रेबाट मतदानका लागि आउँदै गरेको ग २ च ३०२६ नंवरको जिप वालिङ नगरपालिका -१४ पन्चमुलमा दुर्घटनामा परेको हो।

घाइते मध्ये ५ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ।

प्रवक्ता खनालका अनुसार जिपमा २५ जना सवार थिए। जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको उनले बताए । जिप दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाको बारेमा विस्तृतमा विवरण आउन बाँकी छ।

Source: गण्डक न्यूजबाट

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस