२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

लुम्बिनिका बेबि बुद्ध तिलौराकोटमा

भैरहवा -५६६ औं बुद्ध जयन्ती को अवसरमा लुम्बिनीबाट कपिलवस्तुको तिलौराकोटमा बेबि बुद्ध लगिएको छ । सिद्धार्थ गौतम लुम्बिनीमा जन्मेको भोलि पल्ट उनकी आमा मायादेवीले तिलौराकोट लगेको सम्झनामा रथयात्रा गरि बेबि बुद्धको मुर्तिलाई लगिएको हो । २०४६ साल सम्म लुम्बिनीमा खासै प्रचार नभएको भएपनि अहिले बनाइएको गुरुयोजना पूरा हुन लागेको पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपकुमार उपाध्यायले बताए । लुम्बिनीको विकास सँगै आसपासका तिलौराकोट, रामग्राम र देवदह जस्ता स्थानको विकास भएपछि मात्रै लुम्बिनीमा पर्यटकको बसाई लम्बिने उपाध्यायले बताए ।

विश्व सम्पदा सूचिमा समेत सूचिक्रित तिलौराकोटलाई गरि गुरुयोजना बनाएर अगाडि बढाउने कार्यक्रम तय भएकोले छिट्टै नै विकासले फट्को मार्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । २५६६ औँ बुद्ध जयन्ती मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदि लुम्बिनी आएको र भारतको बोधगया, कुसिनगर र सारनाथ आएका बुद्धिष्टलाई लुम्बिनी आउने वातावरण तयार पार्ने कुरामा मन्त्री सकारात्मक भएको कोषाध्यक्ष भट्टराईले बताए ।

प्रचार प्रसारको अभावको कारण प्राचीन कपिलवस्तु जस्तो दिव्य धार्मिक स्थान समेत सीमित घेरामा रहेकोले यस सँग सम्बन्धित सबै निकाय एकताबद्ध भइ लाग्नु पर्ने नेकपा एकीकृत समाजवादी कपिलवस्तु उपाध्यक्ष गिता अञ्जानले बताइन् । ७ बुद्ध रहेको कपिलवस्तु प्रचार नहुँदा पछाडि परेको उपाध्यक्ष अञ्जानले बताइन् ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकोले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामको आगामी भविष्य पर्यटनको हिसाबले उच्च रहेको देखिँदै छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस