२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

हमाद विमानस्थलबाट अवैध लागु औषध बरामद

दोहा- हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रतिबन्धित लागु औषध तस्करी गर्ने प्रयासलाई भन्सार विभागले विफल बनाएको छ । विभागले ६.१०७ किलोग्राम लागू औषध बरामद गरेको जनाएको छ l लागू औषध सँगै केही अवैध कतारी रियाल पनि जफत गरिएको छ l ती यात्रुले झोलाको तल्लो भागमा लुकाइ ल्याउँदै गरेको अवस्थामा समात्न सफल भएको हो l

केही दिन पहिले १.०५७ किलो हिरोइन र १.०५४ केजी शाबो बाथ ट्युब भित्र लुकाएर ल्याउँदै गर्दा अधिकारीहरूले पक्राउ गरेका थिए । विभागले दुवै घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैन l

भन्सार विभागले कतारले प्रतिबन्ध गरेका अवैध सामान नल्याउन अनुरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस