२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

पूर्व क्रिकेटर सिद्धुलाई एक वर्षको जेल सजाय

नयाँ दिल्ली – भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा कांग्रेस नेता जवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।

सिद्धुलाई बिहिबार भारतीय सर्वाेच्च अदालतले हत्या मामिलामा आफ्नै पूर्व आदेश उल्ट्याउँदै एक वर्षको जेल सजया सुनाएको हो ।

अदालतले सन् १९८८ मा गुरमात सिंहको मृत्युको मुद्दालाई पुनः समिक्षा गर्दै सिद्धुको संलग्नता रहेको जनाउँदै फैसला गरेको हो ।

अदालतले सन् २०१८ मा सिद्धुलाई तीन वर्षको जेल सजया घटाएर एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस