२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा २५६६ औँ बुद्ध जयन्ती मनाइयो

दोहा – ” हामी प्रदेशीको चाहना, समृद्ध प्रदेश हाम्रो कामना ” भन्ने मुल उदेश्यको लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा २५६६ औँ बुद्ध जयन्ती कतारमा भव्य रुपमा मनाईएको छ ।

लुम्बिनी प्रदेश समन्वय परिषदको आयोजनामा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सयुक्त आयोजनामा २५६६ औं बुद्ध जयन्ती समारोह दोहाको जैद्धा वृज नजिकै आभा मन्जु रेस्टुरेन्टमा एक भव्य समारोहको आयोजना गरि मनाईएको हो ।

संस्थाका संरक्षक कमलमणि गुरागाँईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परिषदका संरक्षक सदस्य क्रान्ति सिंह,केबि हमाल र अर्जुन प्रसाद भट्टराई,प्रमुख सल्लाहकार ठाकुर कुमार परियार सल्लाहकार केदार नाथ भुसाल, दिपजंग शाह, वशन्त थापा लगायतको विशेष आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा रहेको थियोे ।

कार्यक्रममा बोल्दै वक्ताहरूले बुद्ध दर्शन र बुद्धका मुल मन्त्र र उपदेशहरुको बारेमा विषेश चर्चा परिचर्चा गरेका थिए । संस्थाका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि कमलमणि गुराँगाईले बुद्ध कुनै एउटा धर्म सँग मात्रै सिमित नरहेर सारा जगतको प्रेरणाको श्रोत भएको र उनले प्रतिपादन गरेका शान्ति र अहिंसा को मुल मन्त्र मानव जगतको लागी अत्यन्तै आवस्यक रहेको हुँदा सबैले अनुसरण गर्नुपर्ने बताए ।

उनले बुद्ध नेपालमा जन्मिएको हो भनेर अन्य देशहरुलाई जानकारी दिन र मानिसहरूमा रहेको भ्रमहरु चिर्न को लागि गैर आवासीय संघ कतारले विभिन्न कार्यक्रम गर्न आवस्यक रहेको औँल्याए। त्यसैगरी अर्का वक्ता क्रान्ति सिंहले बुद्धको जन्म,जन्मस्थल,उनले प्राप्त गरेका ज्ञान र मानव जगतले उनिबाट सिक्नुपर्ने कुराहरूको बारेमा चर्चा गरेका थिए । साथ कतारमा स्थापना भएको यो सँस्थाले हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा  प्रदेशवासीहरुको उल्लेखनीय उपस्थित सम्पूर्णलाई अध्यक्षले धन्यवाद प्रकट गर्दै लुम्बिनी प्रदेशमा देशले लामो समय पछि देशको दोस्रो अन्तराष्ट्रिय विमान स्थल संचालनमा आए संगै स्वदेशबाट बिभिन्न देशमा जनाको लागि सहज भएको २/३ दिन पहिले काठमाडौंको लागि यात्रा तय गर्न केहि हद सम्म टरेको मध्ये पुर्व तथा मध्य पश्चिम क्षेत्रमा बसोवास गर्ने कार्यरत नेपाली नागरिकको सहज हुने बताउदै परिषदले उक्त बिमान स्थलको लागि ट्रली दिने निर्णय गरेको थियो।

कार्यक्रमको सहजीकरण परिषदका महासचिव टेकराज थापा र स्वागत मन्तव्य परिषदका बरिष्ठ उपाध्यक्ष डिल्ली राम भट्टराईले उपस्थितलाई स्वागत गरेका थिए। प्रदेश अन्तर्गतका जिल्ला संघ संस्थाहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस