२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

 नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा प्रशिक्षण शुरु

दोहा ।

एशियन कप छनौटको तयारीका निम्ति कतार आएको राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण शुरु गरेको छ ।
एशियन कप छनौटको तेश्रो चरणको तयारीका लागि कतारमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरुले बिहिबार सामान्य शारिरिक ब्यायामबाट भ्रमणको शुरुवात गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।  नेपालले मे २८ मा टिमोर लिस्टे र जुन ३ मा ओमानसँग खेल्ने जनाएको छ ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

तस्वीर : क्यानबाट

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस