२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारमा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेल टिमोर लेस्टे सँग खेल्दै

दोहा ,

एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र प्रशिक्षण गर्न कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दैछ ।

कतारमा रहँदा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तालिका बनाएकाे नेपालले पहिलो मैत्रीपूर्ण खेल अन्तर्गत आज टिमोर लिस्टेविरुद्ध खेल्न लागेको हो ।

दोहा स्थित ग्राण्ड हमाद स्टेडियममा हुने खेल सात बजे बाट सुरु हुनेछ ।
फिफा वरियतामा नेपाले १६८औं स्थानमा रहँदा टिमोर लेस्टे भने १९८औं स्थानमा छ ।
तस्तै जुन ३ मा नेपालले ओमानसँग दोस्रो खेल खेल्ने छ ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस