२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

पहिलो मैत्रीपूर्ण खेलमा नेपालको शानदार प्रदर्शन नेपाल र टिमोर लिस्टेको खेल बराबरीमा सकियो

दोहा । एसियन कप छनोटको अघि आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।
आज भएको नेपाल र टिमोर लिस्टेको खेलमा नेपालले शानदार प्रदर्शन गरेको हो।
नेपाल र टिमोर लिस्टेको पहिलो खेल २-२ गोलको बराबरीमा सकिएको छ।

पहिलो हाफमा २-० ले  पछि परेको नेपालले दोस्रो हाफमा दुवै गोल फर्काएको छ।खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमोर लिस्टेले अग्रता लिएको थियो।अर्को गोल ४५+१ औं मिनेटमा गोल गरेको थियो।
दोस्रो हाफको ५१ औं मिनेटमा नेपालका दर्शन गुरुङले टोलीलाई पहिलो सफलता दिलाए ।भने नेपालका लागि खेलको ७२ औं मिनेटमा नेपालले दोस्रो गोल गरेको थियो।
तस्तै जुन ३ मा नेपालले ओमानसँग दोस्रो खेल खेल्ने छ ।
यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस