२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

पर्वत समाज कतारको बार्षिक साधारणसभा सम्पन्न

 

दोहा / पर्वत समाज कतारले विभिन्न कार्यक्रम गर्दै आफ्नो बार्सिक साधारणसभा सम्पन्न गरेको छ ।

“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको संस्थाले दोहा नज्मा स्थित शालिमार होटलको सभाहलमा भब्य उपस्थितिमा साङ्गितिक कार्यक्रम सहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पर्वत समाज कतार, कतारको अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए । समाजले कतारमा गरेका विभिन्न सामाजिक कार्य उदाहरणीय रहेको भन्दै अन्य संस्थाले पनि यसलाई अनुसरण गर्न आवश्यक रहेको बताए । पर्वत समाज कतारले मातृभुमीमा तथा कर्मभुमी कतारमा गरेको समाज सेवा उल्लेखनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिए । एनसिसि कतारले गर्ने सम्पुर्ण कार्यमा पर्वत समाजले निरन्तर उत्कृष्ट सहकार्य गरेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

“कतारका केही ब्यक्तिहरुले ” तदर्थ समिति बनाउने घोषणा गरेकोमा आपत्ती प्रकट गर्दे मुसलमानले दोहामा मिलेर बसेको नेपाली समाज बिभाजन गर्नुनै मुख्य उदेश्य रहेको बताए ” दोहामा स्थापित सम्पुर्ण बैचारिक, सामाजिक संघसंस्था नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था आफ्नो नेतृत्वको (एनआरएनए ) भएको र कतारका सम्पुर्ण निकायमा दर्ता भइसकेको संस्था भएकोले अनाधिकृत रुपमा नाम र लोगो प्रयोग गर्दा कतार सरकारले पनि कानुनी दायरामा ल्याउने सक्ने भन्दै सचेत रहनुपर्ने बताए । उहाँले कसैको समाज सेवा गर्ने उदेश्य भए अन्य कुनै पनि नाममा संस्था खोलेर सेवा गर्न सुझाव दिए ।

कतारमा मिलेर बसेको नेपाली समाजलाई फुटाउने दुस्साहस गर्नेहरुलाई समाजले कुनैपनि स्थान दिन नहुनेमा मुक्तदाले जोड दिए । एनआरएनए कतार सदैव श्रमिकमुखी र समाजको हितको लागि कुनै कसर बाँकी नराखेको बताउदै दोहामा कुनै पनि किसिमका समस्या रहेको खण्डमा आफ्नो संस्थालाई जानकारी गराउन अनुरोध गरे ।

कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक व्याक्तित्व, जिल्लावासी, कलाकार, खेलाडी तथा पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाका संरक्षक छविलाल भट्टराई, अजय बिस्वकर्मा,सल्लाहकार दिल कुमार श्रेष्ठ,प्रवासी नेपाली मन्च कतार अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतार अध्यक्ष मोहम्मद अजिज अलि, नेपाली जनप्रगतीसिल मन्च कतार अध्यक्ष बुद्धि प्रसाद भण्डारि, प्रवासी नेपाली एकता मन्च कतार अध्यक्ष रामहरि गैरे ,नेपाली समाज कतार अध्यक्ष तेज मोक्तान तामाङ, कतार नेपाली एकता समाज अध्यक्ष बिष्णु थापा, संघीय लिम्बुवान बाट सुजन लिम्बु, नेपाल पत्रकार महासंघ कतार शाखा बाट दिप जङ्ग साह, नेपाली महिला समाजका अध्यक्ष सरिता पौडेल भन्डारी, आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष डिएन मगर, विवेकशिल साझा सद्भाव समुह कतारका कल्याण थापा, नेपाली प्रवासी एकिकृत श्रमिक संघका महासचिव गणेश ढकाल, प्रदेश नम्बर एक समन्वय परिषद कतारका महासचिव निरन नेपाल, मधेस प्रदेश समन्वय परिषदका उपाध्यक्ष मिराज आलम, गन्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष स्माइल पन्त, दलित एकता समाजका उपाध्यक्ष सुमन नेपाली, बागलुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेल, झापाली समाजका अध्यक्ष केशव कार्की, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, महोत्तरी सेवा समाजका अध्यक्ष इसिलाल पन्डित, लगायतको मन्तव्य रहेको थियो

कार्यक्रममा संस्थाको एक बर्षको प्रगति एवं आर्थिक प्रतिवेदन पेश गर्दे सचीव सेवक विकले विभिन्न आर्थिक अभियान सन्चालन गरि चार लाख आठ हजार छ सय असी रुपैया मृगौला पीडित, क्यान्सर पीडित, बाढी पहिरो पीडितलाई हस्तान्तरण गरेको जनाए । साथै संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गरि करिब नौ हजार रियल बचत गरेको बताए ।

कार्यक्रमलाई साङ्गितिक माहोल बनाउनको लागि कलाकारहरु सुरेस बिसि, अमृत रसाइली, देव बिश्वकर्मा, शान्ति वली, सन्ध्या अर्याल, कृष्ण परियार लगाएतलेउत्कृष्ट प्रस्तुती रहेको थियो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले स्वागत मन्तव्य सहित पर्वत जिल्लाको परिचय राखेका थिए ।

सो कार्यक्रमको समापन गर्दै अध्यक्ष श्याम न्यौपानेले समाजले गरेका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउदै उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण सचीव सेवक बिक र सह-सचीव रविन पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस