२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नुवाकोट सेवा समाज कतारको नयाँ नेतृत्व लामालाई

दोहा- सेवा नै धर्म हो भन्ने मुल नाराका साथ नुवाकोट सेवा समाज कतारको सातौ अधिवेशन सम्पन्न भएको छ।
गत शुक्रबार सनैयाको ग्राण्ड मल्ल स्थित हाईट हाउस रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट दिपेन्द्र घले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन।समाजको अध्यक्ष विष्णु भण्डारीको सभापित्वमा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जेबि चैम्लिङ्ग राईको प्रमुख आतिथ्य तथा कतारमा स्थापित विभिन्न वैचारिक ,जातीय, धार्मिक जिल्ला तथा प्रादेशिक संघ संस्थाका प्रमुख एव प्रतिनिधिहरुको विशिस्टमा तथा कलाकार पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले कतारमा केही व्यक्तिहरुले तदर्थ समिति बनाउने घोषणा गरेकोमा आपती प्रकट गर्दै यस्ता भर्म र प्रचारमा नगाल्न सम्पूर्ण नेपाली समुदायमा आग्रह गरेका थिए।
कार्यक्रममा उपस्थित महानगर सहकारी संस्था शाखा कतारका अध्यक्ष रुद्र शर्मा,नुवाकोट सेवा समाज कतारका प्रमुख सल्लाहकार हरिराम खड्का, सल्लाहकार नवीन बस्नेत ,वाङ्ज्यु तामाङ,खाेटाङ सेवा समाज कतारका अध्यक्ष : कैलाश श्रेष्ठ चितवन युवा  समाज कतारका अध्यक्ष श्याम पाण्डे,काभ्रेपलान्चोक सेवा समाज कतारका अध्यक्ष पुर्ण सिं तामाङ,सिन्धुली सेवा समाज कतारका महासचिव नरेश सिन्जली मगर,रामेछाप सेवा समाज कतारका सचिव निर्मल खड्की,म्हेन्दाेमाया समाज कतार अध्यक्ष प्रकाश माम्बा तामाङ,संगम सेवा समाज कतारका अध्यक्ष कान्छामान तामाङ,नुवाकोट सामरी युवा सेवा समाज कतारका अध्यक्ष विवाराम तामाङ ,तार्केश्वर युवा सेवा समाज दाङसिङ कतार सह- सचिव फुल बहादुर वाईबा तामाङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको एक बर्षको प्रगति एवं आर्थिक प्रतिवेदन महासचिव दिपेन्द्र लामा घलेले प्रस्तुत गरेका थिए।कार्यक्रमलाई साङ्गितिक माहोल बनाउन कलाकारहरु गायन तर्फ: गाैतम माेक्तान; सुर्य बहादुर तामाङ त्यस्तै नृत्य तर्फ: उत्तम तामाङ , असली माया याेन्जन (प्रिय) ईन्दिरा बुढाथोकी लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

समाजका द्वितीय उपाध्यक्ष हिरे तामाङले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमका सभापति विष्णु भण्डारीले बोल्दै संस्थाको निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित भएका सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याएका कलाकारहरु, सहयोगी दाताहरु लाई धन्यवाद ब्यक्त गर्दै सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई दिदै समापन गरेका थिए । संस्थाका सचिब विकास तामाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।

नवनिर्वाचित कार्यसमिति नामावली
(१) अध्यक्ष : दिपेन्द्र घले लामा
(२) बरिस्ठ उपाध्यक्ष : हिरे तामाङ
(४)उपाध्यक्ष: नन्दराम सुवेदी
(४)उपाध्यक्ष : दिनेश अधिकारी
(५)महिला उपाध्यक्ष : मीन कुमारी तामाङ
(६)महासचिव : विकास तामाङ
(७)सचिव : पुर्णमान तामाङ
(८)सचिव : गजेन्द्र चालिसे
(९)महिला सचिव : राधिका घले अधिकारी
(१०)काेषाध्यक्ष : हरिराम रिमाल
(११)सह- काेषाध्यक्ष : डा घले
(१२)मिरा तामाङ
(१३विवााराम तामाङ
(१४)सम्भु जम्कटेल
(१५)सन्त बहादुर तामाङ
(१६)वीर बहादुर तामाङ
(१७)मान बहादुर तामाङ
(१८)उज्ज्वल अधिकारी
(१९)सुरेश वाईबा
(२०)नवीन पुलामी मगर
(२१)सन्दिप वाईबा तामाङ
(२२)फुल बहादुर तामाङ
थप ३ जना मानाेनित हुनेगरी २५ जनाकाे कार्यसमिति चयन भएको निर्वाचन समिति संयाेजक हरिराम खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस