२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एएफसी एसियन कप २०२३ को तेस्रो चरण:पहिलो खेलमा नेपाल पराजित

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा नेपालले जोर्डनलाई गोलरहित बराबरीमा रोकेको थियो । तर,दोस्रो हाफमा नेपालले दुई गोल व्यहोर्यो ।

जोर्डनलाई जित दिलाउन अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस