२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

महिला समाज कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

दोहा – नेपाली महिला समाज कतारले बृहत रक्तदान कार्यक्रम गरेको छ ।

“रक्तदान जीवन दान” भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै समाजले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा आज हमाद हस्पिटल स्थित नयाँ रक्तदान केन्द्रमा “बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा महिला समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता, विभिन्न बैचारिक संस्थाका प्रमुख, एनआरएनएका अभियान्ता, सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपाली सामाजिक व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष सरिता भन्डारी पौडेलले स्वस्फूर्त रुपमा महिला समाज कतारको ११ औं स्थापना दिवसको अवसरमा आयोजित दोस्रो रक्तदान कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यवाद ब्यक्त गरेकी थिईन। सहभागिताले झन सामाजिक कार्यमा उर्जा थपिएको भण्डारीले बताईन। भण्डारीले थपिन, “तिब्र इच्छा हुदाहुदै विभिन्न भिटामिन, होमोग्लोविनको कमि लगायतका कारणले रक्तदान गर्न नसक्नुभएका ब्यक्तिहरुले डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरि पुन: यस महान कार्यमा सरिक हुनुहुने छ।”

त्यसैगरी प्रमुख सल्लाहकार अमिना खानले संस्थाको सुरुवात देखि सक्रिय रुपमा अगाडी बढेको संस्थाले बिचमा केही सुस्त भएता पनि नयाँ कार्यसमिति चयन पश्चात् विभिन्न सामाजिक कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै आफू पनि हर सम्भव भए सम्म संस्था र सामाजिक कार्यमा लागिरहेको बताईन। संस्थाको सकृयता र सामाजिक गतिविधिलाई नियाल्दै दोहामा स्थापित सम्पुर्ण संस्थाहरुको साथ सहयोग माया प्रती आभार प्रकट गर्दै निरन्तर माया पाउनेमा बिश्वस्त रहेको बताइन ।

बिहान ८ बजे सुरु भएको रक्तदान कार्यक्रम संचारकर्मी तिलु सर्मा पौडेल बाट सुरु गरिएको थियो ! मध्याह्न १ बजे सम्म ४६ जनाले रक्तदान गरेको र १ सय ५२ जना उपस्थिति रहेको कार्यक्रम आज दिनभरी चल्ने महिला समाज कतारले जनाएको छ । रक्तदाताहरुलाई समाजले प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको महिला समाजले विभिन्न संस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजनामा दोस्रो रक्तदान कार्यक्रम गरेको हो l

“नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको बिशुद्द सामाजिक भावना” भन्ने मुल नाराका साथ बिक्रम संम्बत २०६९ सालमा स्थापना गरिएको समाजले कतारमा रहेका नेपाली समाज तथा दिदिबहिनीहरुको हक, हितको लागि आवाज बुलन्द पार्दै, सामाजिक कार्यहरुमा अग्रसर रहदै आएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस