२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एएफसी एसियन कप छनोट-नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार आज राति एक बजे सुरु हुनेछ ।

फिफाको पछिल्लो वरियतामा नेपाल हाल १६८औँ स्थानमा छ भने इन्डोनेसिया नेपालभन्दा केही माथि रहेको फिफाको पछिल्लो वरियतामा १५९औँ स्थानमा छ ।नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो ।

नेपाल समूह ‘ए’ मा अहिलेसम्म शून्य अंकसहित पुछारमा छ । जोर्डन ६ अंकसहित शीर्ष स्थानमा छ भने कुवेत र इन्डोनेसियाको तीन–तीन अंक रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस