२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

नेपाली समुदायको लागी ट्राफिक सचेतना गोष्ठी सम्पन्न

दोहा-कतारमा रहेका नेपाली समुदायको लागी ट्राफिक सचेतना गोष्ठी सम्पन्न भएको छ ।

गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको गृह मन्त्रालयको जनसम्पर्क बिभाग अन्तरगतको ट्राफिक सचेतना विभाग सँगको सहकार्यमा `सवारी चालकहरुका साझा ट्राफिक गल्ती´ विषयक गोष्ठी मंगलबार साझ ट्राफिक हेडक्वाटर मदिना खलिफाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा ट्राफिक डिपार्टमेन्ट र आन्तरिक मन्त्रालयको जनसम्पर्क बिभागका अधिकारीहरुले गाडी चलाउदा हुने गल्ती र त्यस बापत भोग्नुपर्ने सजायको बारेमा जानकारी गराएका थिए । अधिकारीहरुले सवारी चलाउदा समान्य कुरामा ध्यान नदिदा ठूलो मानवीय एवं आर्थिक क्षती ब्योहर्नुपर्ने भन्दै सजग रहन आग्रह गरे ।

कतारको ट्राफिक ब्यबस्था ८० प्रतिशत बढी क्यामेराको निगरानीमा रहेको भन्दै गल्ती गरेमा कसैले पनि छुटकारा नपाउने भन्दै ट्राफिक नियम आफ्नै सुरक्षाको लागि पनि हो भन्ने सोच्न आग्रह गरे ।

No description available.

सवारी चालक संगै पैदल यात्रीले ट्राफिक नियमको पालना गर्न जरुरी रहेको भन्दै कतारमा नयाँ आउने कतिपय नेपाली कामदारहरुले यहाँको ट्राफिक नियम नबुझ्दा पनि दुर्घटना हुने गरेकोले उनिहरुलाई जनचेतना दिन आवश्यक रहेको वताए ।

सबै जना आर्थिक आर्जन गरेर घरपरिवारमा चलाउन प्रवास आएको भन्दै दुर्घटनाले मानवीय क्षती संगै ठूलो आर्थिक क्षती पनि भोग्नुपर्ने भएकोले सवारी चलाउदा सेटबेल्ट लगाउने, फोन प्रयोग नगर्ने लगाएत बाटोमा रहेका ट्राफिक संकेतको राम्रो संग ध्यान दिन अनुरोध गरे ।

सो अवसरमा नेपाली दुताबास कतारका द्दित्तिय सचिव भुवन प्रसाद भट्टले स-साना लापरबाहीले पनि ज्यान जानेगरेको भन्दै कार्यक्रममा सहभागीलाई सवारी चलाउदा आफू संगै आफुमा आश्रित परिवारको बारेमा पनि सोच्न अनुरोध गरे ।

No description available.

कतारमा वार्षिक २० देखि २५ जनाको हाराहारीमा नेपाली पैदल यात्रुको दुर्घटनामा मृत्यु हुनेगरेको भन्दै सबै मिलेर नेपाली समुदायमा ट्राफिक सचेतना गराउन आवश्यक रहेको बताए । द्दित्तिय सचीव भट्टले दुर्घटना जहाँ जतिबेला पनि हुन सक्ने भन्दै अहिले बाटै ट्राफिक नियमको पालना गर्छु भन्ने प्रण गर्न सहभागीलाई अनुरोध गरे ।

No description available.

कार्यक्रममा गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले ट्राफिक नियम बारेको अज्ञानताले थुप्रै नेपालीले जनधनको क्षती ब्योहर्नु परेकोले सबै मिलेर जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

एनआरएनए अभियानता, कतारमा स्थापित नेपाली संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएत २ सय बढी नेपालीको सहभागीता रहेको कार्यक्रममा सहभागीलाई धन्यवाद दिदै अध्यक्ष मुसलमानले सबैले आ-आफ्नो संस्था मार्फत ट्राफिक नियम बारे सबैलाई सचेत गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस