२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

फिफा अध्यक्ष द्वारा विश्वकप कतार २०२२ ™ का लागि छनोट ३२ राष्ट्रहरूलाई बधाई

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप कतार २०२२ ™ का लागि छनोट भएका सबै ३२ राष्ट्रहरूलाई बधाई दिएका छन्।
उनलेे सबैलाई बधाई दिदै 32 देशका फ्यानहरूलाई स्वागत गर्न तयार रहेको पनि बताएका छन ।

यसैबीच कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच पोस्टर सार्वजनिक गरिएको हो पोस्टरको अनावरण बुथायना अल मुफ्ताहले गरेकी थिइन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् ।

​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस