२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

औपचारिक माध्यम बाट रेमिट्यान्स पठाउन आग्रह

दोहा, कतार

कतारको दोहामा आयोजित एक कार्यक्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक माध्यम बाट पैसा पठाउन आग्रह गरिएको छ ।

नेपाली राजदुतावास कतार तथा गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा शुक्रबार आयोजित रेमिट्यान्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बैंकिङ्ग माध्यम बाट मात्रै पैसा पठाउन आग्रह गरिएको हो ।

अनुमानित ३ लाख पचास हजार नेपाली रहेको कतार देखी बैंकिङ्ग माध्यम बाट बार्सिक २ खर्ब ५६ अर्ब बढी रेमिट्यान्स जाने गरेको छ ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जान अन्जानमा थोरै पैसाको लोभमा अबैधानिक रूपमा हुण्डी मार्फत पैसा नपठाउ आग्रह गर्दै प्रदेशमा रहेकका हरेक नेपालीले देशको अर्थतन्त्रमा योगदान गर्ने दायित्व रहेको बताउनुभयो ।

बज्राचार्यले आफुले आर्जन गरेको पुजीको बैधानिकता संगै राज्य बाट पाउने सुविधा प्रयोग गर्न पनि राज्यले तोकेको कानुनी माध्यम बाट पैसा पठाउन अनुरोध गर्नुभयो ।

बैंकिङ्ग माध्यम बाट पैसा पठाउन सरल सुरक्षित हुनुको साथै भोलि नेपाल फर्केर कुनै ब्यबसाय गर्न ॠण आवश्यक परेमा पनि सहज हुने हुँदा बैंकको माध्यम बाट पठाउन जोड दिनुभयो ।

सो कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बित्तीय संस्थाहरुले प्रदान गरेको सुविधा प्रयोग गर्दै प्रवासमा आर्जन गरेको पुजी पैसा कमाउने संगै बचत गरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्न आवश्यक छ ।

विकास उन्मुख देशमा वैदेशिक रोजगारी बाध्यता रहेको भन्दै बिदेशमा मेहनत गरेर कमाएको पुजी हाईपर फन्ड, किप्टो करेन्सी असुरक्षित संगै  गैर कानुनी भएकोले त्यस्तोमा लगानी नगर्न आग्रह गर्नुभयो।

सो अवसरमा ग्लोबल आईएमई बैंक कतारका प्रमुख दिपेन्द्र पौडेल र आईएई प्रमुख हेमराज सुवेदीले बैंकिङ्ग माध्यम बाट रेमिट्यान्स पठाउदाका फाईदा तथा कतारमा रहेका वित्तीय संस्था बाट पाउन सक्ने सुविधा बारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली राजदुतावासका कार्यबहाक राजदुत लक्ष्मण खनालले नेपालमा पैसा पठाउन बित्तीय संस्थामा पावन्धी गरेको गुनासो आएको भन्दै त्यसको लागि आफुले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।

कार्यबाहक राजदुत खनालले राज्य प्रती जनताको गुनासो हुनु स्वभाविक भए पनि जनताले राज्य प्रतीको आफ्नो दायित्व सदैब सम्झनुपर्ने बताउनुभयो । हुण्डी बाट  पैसा पठाउदा तत्काल केही लाभ भएपनी त्यो असुरक्षित रहेको र पछिल्लो समय ठगिएको गुनासो धेरै आएकोले औपचारिक माध्यम बाट मात्रै पैसा पठाउन आग्रह गर्नुभयो ।

रेमिट्यान्स पठाउनेमा कतार अग्र स्थानमा रहेको भन्दै खनालले सबैले आ-आफ्नो ठाउँ बाट औपचारिक माध्यम बाट पैसा पठाउदा हुने फाईदा मात्रै बुझाउन सकेमा रेमिट्यान्स थप बढने बताउनुभयो ।

गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले हुण्डी देखि पैसा पठाउनु गैरकानुनी संगै राज्य प्रतीको धोका रहेको भन्दै सरकारले तोकेको माध्यम बाट मात्रै पैसा पठाउन आग्रह गर्नुभयो ।

नेपाली राजदुतावासका कार्यबहाक राजदुत लक्ष्मण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत
गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले र संचालन नेपाली राजदुतावासका द्दितिय सचीव प्रवीण भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस