२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एसीसी महिला टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । किन्रारा ओभलमा शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

नेपालले दिएको १ सय ८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो

यो जितसँगै नेपालले कुवेतविरुद्ध भएका लगातार तीन भेटमा जित हासिल गरेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

१० टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस