२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नज्मामा श्रेष्ठले खोलिन आयुषा सलोन

दोहा । ग्राहकहरुको माग र दाना सलोनको सफलता पछि सलोनले दोहाको नज्मामा नयाँ शाखा खोलेको छ । गत २०२२ जुन १७ मा शाखाको रुपमा उद्घाटन भएको आयुषा मेकअप सलोन नज्मामा रहेको छ ।
उद्घाटन समारोहमा कतारमा हुने सम्पूर्ण दिदि बहिनिलाई निमन्त्रणा गरिएको थियो । सामाजिक गतिविधि तथा ब्यवसायमा सक्रिय आभा खनाल, मंजु खनाल, प्रज्ञा चौधरी दिदिबहिनीहरुले सामुहिक रूपमा रिवन काटेर सलोनको उद्घाटन गरेका थिए । कार्यक्रममा दिदि बहिनीहरुको बाक्लो उपस्थिति थियो को थियो ।

बैदेशिक रोजगारीको शिलशिलामा २०१० मा अपारेल ग्रुपबाट आफ्नो यात्रा सुरु गरेकी आयुषा श्रेष्ठले त्यसपछि थुप्रै कम्पनीहरुमा काम गरेको अनुभव बटुलेको अनुभव छ ।
सुरुवातिमा आफुले सलोनमा काम गर्दै गर्दा बिशेष गरि नेपाली महिला दिदिबहिनिसंग भेट हुन पाउदा आफुलाई बेग्लै किसिमको सन्तुष्टि मिल्ने बताउछिन । उनिहरुकै आग्रह र मागलाई मद्यनाजर गर्दै आफुले नज्मामा दोश्रो शाखा खोलिएको बताईन ।

श्रेष्ठको भनाइ अनुसार अहिले २ सलोनमा गरेर करिब २० जना महिला दिदि बहिनिहरुले रोजगार पाई रहेकाछन् ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस