२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

चोरीमा समलग्न एक जना पक्राउ

दोहा :अपराध अनुसन्धान विभाग कतारले विभिन्न चोरीमा समलग्न एक जनालाई पक्राउ गरेको छ ।
विभागले विभिन्न घरमा चोरी गरी पैसा, अन्य बहुमूल्य सामान, फोन, इलेक्ट्रोनिक उपकरण चोरी गर्ने एक एसियाली देशका एक व्यक्तिलाई पक्राउ गरेको हो ।

मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा आरोपित व्यक्ति र बरामद सामानहरू प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा पठाइएको जनाएको छ।

मन्त्रालयले जनतालाई घरको सुरक्षा सुनिश्चित गर्न र घरमा सुरक्षा निगरानी क्यामेरा जडान गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस