२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

रामेछाप सेवा समाज कतार द्वारा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

दोहा- कतार

रामेछाप सेवा समाज कतार ले भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

समाज ले मुस्लिम धर्मवालम्बी हरु को महान चाड बक्र इदको पहिलो दिन पारेर उक्त कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम सस्था का अध्यक्ष ललित कुमार तामाङ को अध्यक्षता र विशेष अतिथी प्रमुख सल्लाहकार रामहरि खत्री ले आतिथ्यता गर्नु भएको थियो भने सदस्य तथा संरक्षक उद्दब मगर , सल्लाहकार साम सुनुवार, सल्लाहकार बुद्धि राम तामाङ, सल्लाहकार सुर्य भन्डारी , प्रथम उपाध्यक्ष नीर मगर , दितिय उपाध्यक्ष रबि चन्द्र कार्की , महासचिव नर बहादुर तामाङ , सचिव निर्मल नेवार, कोष अध्यक्ष आशिष मोक्तान तामाङ , सह कोषाध्यक्ष सुभराज सुनुवार, सदस्य सुकदेब खड्का तथा हाम्रो सपना सगित परिवार का अध्यक्ष प्रकाश दर्नाल लाई आसन ग्रहन गराइएको थियो साथै सस्था का सदस्य हरु तथा स्थानिय कलाकार हरुको बाक्लो उपस्थिति थियो ।

ब्यानर उद्द्घाटन तथा तथा दिप प्रजलन गरि रास्टृय गित गाएर औपचारिकता सुरु गरिएको कार्यक्रम मा कोषाध्यक्ष आशिष् मोक्तान तामाङ ले स्वागत मन्तब्य तथा अमृत लिम्बुले “आमा” तिम्रो सारै याद आउँछ गित गाएर अतिथी लाई स्वागत गरेका थिए।

कोभिड- १९ मा नेपाल मा स्वस्थ्य सामाग्री उपलब्ध गराउने अभियान मा विभिन्न सस्था हरु सङ समन्वय गरि ठूलो मात्रामा सामाग्री उपलब्ध गराउन आर्थिक, सामाजिक, भैतिक रूपमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण लाई कदर पत्र बितरण गरिएको  थियो ।

२००४ मा स्थापना भएको यस सस्था ले सस्था मा आबद्ध भएका ब्याक्ती लाई मात्र नभएर रामेछापबासी जो कोहि लाई पनि दुख आपत पर्दा सस्था अग्रसर भइ सहयोग गर्ने गरेको छ।

कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाउन कलाकार अमृत लिम्बू , गुना मगर( निशु), सबिन सन्माने मगर,कमल सुनुवार, सुनिता शेर्पा , मान्सिङ निर्दोष परियार, इन्द्र बिस्वकर्मा, जीवन राई, चित्र जि सि को प्रस्तुति रहेको थियो र प्रस्तुति दिनु हुने सम्पूर्ण कलाकार हरु लाई थप हौसला दिन को लागि सम्मान पत्र बितरण गरिएको थियो।

सस्थाका दितिय उपाध्यक्ष रबि चन्द्र कार्की ले सस्थाको महत्व बारे जानकारिमुलक मन्तव्य ले माहोल अझ तातेको थियो त्यसै गरि राम हरि खत्री , बुद्धि राम तामाङ, साम सुनुवार, उद्दब मगर , सुकदेब खड्का ले मन्तब्य राखेको थिए ।

राम हरि खत्री ले कोभिड – १९को अभियान मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण प्रती आभार प्रकट गर्दै आगमी दिन मा पनि आवश्यक अवस्था मा सबै जना एकजुट भएर सहकार्य गर्ने कुरा बिस्वस्त पारेको थिए ।

अध्यक्ष तामाङ ले रामेछाप बासी कतार मा हुने सम्पूर्ण लाई सस्था मा जोडिन र एकता को सुत्र मा बाधिन लाई आग्रह गरेको थिए।

कार्यक्रम को सहजिकरन महासचिव नर बहादुर तामङ ले गरेको थिए भने समापन सभाध्यक्ष ललित कुमार तामाङ ले गरेको थिए।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस