२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

कतारमा २८ औं विश्व आदिवासी दिवस मनाइयो

दोहा – नेपाल आदिवासी जनजाति महासंघ कतारको आयोजना तथा महासंघ कतारमा आवद्ध १४ मातृ संस्थाहरुको सकृयतामा २८ औं विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

संयुक्त राष्ट्र संघले तोकेको “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाहरुको भुमिका” तथा नेफिन केन्द्रको ” पहिचान, पहुच, प्रतिनिधित्व र समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशब्यापी राष्ट्रिय जागरण”  भन्ने मुल नाराको साथ २८ औं विश्व आदिवासी दिवस आइडियल इन्डियन स्कुल” अबुहमुरको सभा हलमा सम्पन्न गरिएको हो ।

विभिन्न मातृ संस्थाहरुको मौलिक झाँकी, नृत्य लगायतका मनोरञ्जनात्मक सांस्कृतिक र शुभकामना मन्तव्य रहेको कार्यक्रममा उपस्थित सबै उमेर समूहका व्यक्तिहरु आफ्ना मौलिक भेषभुषामा सजिएर रमेका थिए ।

ब्यानर उट्घाटन,दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष डिएन मगरले आदिवासी जनजाती केहो र कस्लाइ आदिवासी जनजाती भनिन्छ, बिश्वमा आदिवासी जनजातीको अवस्था र संस्थाको बारेमा संक्षिप्त भनाइ राखेका थिए । त्यस्तै १४ मातृ संस्थाहरुका कलाकारहरुले मौलिक भेषभुसामा सजिदै “हामी आदिवासी, हामी जनजाती बोल्को गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली दूतावास कतारका महामहिम राजदुत डा.नरेश बिक्रम ढकालले २८ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा शुभकामना व्यक्त गरे । बिश्वमा आदिवासी जनजातीको हरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्र स्थानमा रहेको बताए ।

“देशको प्रतिनिधित्व गरेर आएको हुँ “आफुले बिधि पद्धतिमा रहेर दुताबासले प्रदान गर्न सक्ने सबै सुबिधाहरु श्रमिकका हितमा प्रदान गर्न तयार रहेको बताए । कतारमा हुने बिश्वकप कतारको मात्र नभएर एसियाको सफलता भएको बताउदै ढकालले नेपाली समाजबाट अप्रिय गतिबिधी नहोस भन्ने नेपाल सरकार तथा दुतावासको अपेक्षा रहेको हुदॉ नकारात्मक गतिबिधी नगर्न समेत अनुरोध गरे । आफ्नो ४ बर्षको कतार बसाईको क्रममा नेपालको सिरलाई सधै उचाइ राख्ने प्रतिबद्धता समेत ब्यक्त गरे

कार्यक्रममा नियोगका दित्तिय सचिव प्रवीण भट्टराई, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत कतारमा स्थापित विभिन्न बैचारिक संस्थाका प्रमुख महासंघ भित्र रहेका मातृसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुहरुले २८ औं विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका थिए

महासचिव एकराज राईले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति पुरुषोतम सुनुवारले आफ्नो मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस