दोहा -प्रवासी भुजेल समाज कतारको आयोजनामा बृहत “रक्तदान कार्यक्रम” हुने भएको छ।
समाजले सेप्टेम्बर २५ तारिक शुक्रबारका दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
“रक्तदान जीवन दान” भन्ने नारालाई आत्मसात गर्दै नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा हुने रक्तदान कार्यक्रम हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा हुनेछ ।
बिहान ८ बजे सुरु दिउँसो १ बजे हुने लागेको उक्त कार्यक्रममा कतारमा स्थापित वैचारिक,सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन समाजका अध्यक्ष सन्तोष भुजेलले अनुरोध गरेका छन।
“भुजेल जातिको र विकास उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा लिएर कतारमा सन्- २०१० मा स्थापना भएको भुजेल समाजले निरन्तर रुपमा यस्ता विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।