२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

कतारमा शान्ति श्री परियारको तीज विशेष धमाका हुदै

दोहा– नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियार कतार आउने भएकी छिन ।

रमाइलो तीज तथा विविध सांस्कृतिक कार्यक्रम-२०२६ मा आफ्नो साङ्गीतिक प्रस्तुति दिनको लागि गायिका परियार कतार आउने भएकी हुन।

नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको महिला विभागको समन्वय तथा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा यस वर्ष पनि ‘रमाइलो तीज कार्यक्रम–२०२६’ भव्य रूपमा आयोजना गरिएको हो।

सेप्टेम्बर ४ (शुक्रबार) का दिन डिपिएस स्कुल, अल वकीरमा हुने कार्यक्रममा महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुषका लागि ३० कतारी रियाल प्रवेश शुल्क निर्धारण गरिएको छ।

बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरूको समेत सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहनेछ।

​प्रवासमा रहेर पनि नेपाली मौलिक परम्परा, सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा दोहामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाका प्रमुख, सामाजिक अभियन्ता, कलाकार, पत्रकार, तथा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस