२०८३ भाद्र २२ गते सोमवार | 2026 September 7th Monday

बाढीपीडितका लागि गैरआवासीय नेपाली संघको ५ करोड सहयोग अभियानमा मुक्तदा मुसलमानको २ लाख योगदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि आह्वान गरेको ५ करोड रुपैयाँ सहयोग अभियानमा संघका उपमहासचिव मुक्तदा मुसलमानले २ लाख रुपैयाँ सहयोग गरेका छन्।

बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै मुसलमानले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। विपद्को समयमा पीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आफूले योगदान गरेको उनले बताएका छन्।

 

एनआरएनएले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग जुटाउन ५ करोड रुपैयाँको सहयोग आह्वान गरेको छ। अभियानमा देश–विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ।

उपमहासचिव मुसलमानको यो सहयोगले विपत्तिको समयमा मानवीय एकता, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस