२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

नेवा पुच कतार को तेश्रो साधारण सभाबाट अध्यक्षमा राजु महर्जन

नेवा पुच कतार को तेश्रो साधारण सभाबाट अध्यक्षमा राजु महर्जन चयन भएका छन् l १९ अगस्ट सुक्रबार दोहाको सलिमर स्तानाबुल रेस्टुरेन्टको सभा हलमा भएको साधारण सभाबाट महर्जन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् l

“आफ्नो पन , आफ्नो पहिचान को लागी नेवारी एकता भाषा, भेषभुषा तथा संस्कृति को संरक्षण आजको आवश्यकता ” को नारा लिएर नेवा पुच कतारले  आफ्नो तेस्रो साधारण सभा संम्पन्न गरेको हो । राजु महर्जनको सभापतित्व तथा पुपुरुषोत्तम सुनवार को प्रमुख अथित्वामा सम्पन्न कार्यक्रममा  बिशेष अतिथि नेवा पुच कतार का संरक्षणक डा. देवकाजी डंगोल साथै कतारमा स्थापित संम्पुर्ण संघसंस्था लगायत बुध्दीजिवीहरु, कलाकार, पत्रकार,साहित्यकार उपस्थिति रहेको थिपो ।  उक्त कार्यक्रममा स्थानिय कलाकार हरुले नेवारी नृत्य का साथै धिमेबाजा (नेवारी बाजा) को समेत प्रस्तुति रहेको थियो ।

कतारलाई कर्मथलो बनाएर कार्य गर्दै रहेका यहांका युवा नेवार जातीका श्रमिकहरुले आफ्नो भाषा, संस्कृतिको पहिचान, जगेर्ना गर्न र श्रृजनात्मक तथा सामाजिक कार्यहरुमा सहयोग पुर्याउने उद्देश्यले नेवारहरूको साझा संस्थाको रुपमा नेवा पु्चको स्थापना २०११ सालमा भएको र स्थापना काल संगै विभिन्न सामाजिक कार्य तथा श्रृजनात्मक कार्य गर्दै आईरहेको छ l

नेवार जातीका विभिन्न धार्मिक तथा संस्कृति रहेको र जन्म देखि मृत्यु सम्मको नेवारी संस्कार भिन्न रहेको तथा नेवारी भाषा नेवारी लिपी को छुट्टै पहिचान रहे पनि आजका पुस्ताले सबै कुरा बिर्सदै गएकोमा नेवा पुचका संरक्षक डा, देव काजी डंगोलले चिन्ता व्यक्त गरेका थिए । नेवारहरूको संस्कृती भाषा संस्कार लिपीलाई जिवन्त राख्न पनि आफुहरु प्रवासमा रहेर पनि अाफ्नो संस्कृती भाषा परम्परा र सामाजिक कार्यमा टेवा पुर्याउने उद्देश्यले नेवा पुचको स्थापना भएको डा. डंगोलले बताए ।

नेवा पुच: कतारको तेस्रो अधिबेशन बाट सर्वसहमत निर्वाचित पदाधिकारी हरु

अध्यक्ष :- राजु महर्जन
ब.उपाध्यक्ष :- राकेश श्रेष्ठ
उपाध्यक्ष :- राम बहादुर मानन्धर
महिला उपाध्यक्ष :- जमुना श्रेष्ठ
महासचिव :- कैलाश श्रेष्ठ
सचीव :- बिकास श्रेष्ठ
सचिव :- बाल कृष्ण मानन्धर
कोषाध्यक्ष :- लछुमण श्रेष्ठ
सह कोषाध्यक्ष :- सपना महर्जन (भक्तपुर )
सदस्य हरु :-
यज्ञ बहादुर श्रेष्ठ
असोक श्रेष्ठ
केदार श्रेष्ठ
भरत मल्ल
यम कुमार श्रेष्ठ
सपना महर्जन (काठमाडौ )
शशी कुमार कस्ती
जमुना श्रेष्ठ (बि)
निरु श्रेष्ठ
ओम कुमार श्रेष्ठ
कृष्ण श्रेष्ठ
लक्ष्मि सुन्दर त्वानावासु
सृष्टि श्रेष्ठ
दिपक कुमार श्रेष्ठ

संरक्षक
इस्वर महर्जन
डा.देब काजी डगोल
नरेश श्रेष्ठ

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस