२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

प्रदेश न १ समन्वय परिषद् कतारमा पुनः चुडामणि कार्की

दोहा, कतार

प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ। “समृद्धि हाम्रो सरोकार उद्यमशीलता यसको आधार” भन्ने मूल नाराका साथ सन् २०१७ मा प्रदेश नम्बर १ समन्वय परिषद् कतार सामाजिक संस्थाको रूपमा स्थापना भएको हो । परिषद्का अध्यक्ष चूडामणि कार्कीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अधिवेशनबाट दोस्रो कार्यकालका लागी चूडामणि कार्की पुन अध्यक्षमा सर्वसम्मत निर्विरोध भएका छन् ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा दुर्गा प्याकुरेल, महासचिव निरन नेपाल, कोषाध्यक्ष भीम बराइली रहेका छन् । सदस्यहरूमा पदम कुमार घिमिरे, एकराज राई, भोला बस्नेत, गोपीकृष्ण अधिकारी, गोपाल बस्नेत, शिव भुजेल, पदम बहादुर श्रेष्ठ, खडानन्द बास्कोटा, भीमबहादुर थापा र महेन्द्र उप्रेती रहेका छन् ।

अधिवेशनमा दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई, एन आर एन ए आइ सी सी का पदाधिकारी, एन सी सी का अध्यक्ष लगायत कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले प्रदेशको नामकरण नहुनुमा दुख व्यक्त गरेका थिए । वक्ताहरूले प्रदेश १ ले कतारमा मात्र नभई नेपालमा समेत राम्रा कार्यहरू गर्दै आफूलाई अग्रणी संस्थाका रूपमा प्रमाणित गरी सकेको बताएका थिए । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि ढकालले कतारमा रहेका नेपालीले आफ्ना समस्या लिएर जति बेला पनि दूतावास आउन सक्ने बताए । उनले कतारसङको मैत्रीपूर्ण सम्बन्धलाई जोगाउनु आफू सहित कतारमा रहेका नेपालीको कर्तव्य रहेको बताए।
परिषदका उपाध्यक्ष दुर्गा प्याकुरेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव निरन नेपालले कार्यक्रमलाई सहजीकरण गरेका थिए
कलाकारहरु सन्ध्या अर्याल, सरुक सुन्दास लगायतका कलाकारहरुले आफ्नु प्रस्तुति दिदै कार्यक्रममा रौनक बढाएका थिए। कार्यक्रममा अध्यक्ष कार्कीले नेपालि दुताबासलाई सम्मान पत्रले सम्मान गरेका थिए। पुन निर्वाचित अध्यक्षले उपस्तिथ सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यसरि नै साथ, सहयोग र सहकार्य गर्न अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस