२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

यादव सेवा समाज कतारद्वारा मनाइयो कृष्ण जन्माष्टमी

दोहा -कतारमा स्थापित संस्था यादव सेवा समाज कतारले (कृष्ण जन्माष्टमी ) पर्व मनाएको छ ।

गत शुक्रबार सनैयामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै समाजले भगवान श्री कृष्णको जन्मदिनको सम्झनामा पुजा तथा उपस्थिति पाउनालाई भोज कार्यक्रम गरेको हो।

वैदिक सत्य सनातन धर्मावलम्बीहरूले उक्त दिन जागराम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् । कृष्णको श्रद्धापुर्वक पुजा अराधाना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ।भगवान कृष्णले आफ्नै मामा कन्सको बध गरेर अन्याय र अत्याचार गर्नेहरुको जित हुदैन भन्ने कुरा धर्म शास्त्रहरुमा उल्लेख गरेको पाईन्छ।

समाजका अध्यक्ष भोगेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु पत्रकार, कालाकार, समाजसेवी बुद्धिजीवीहरु लगायतको उपस्थिती थियो।आयोजक कमिटी यादव सेवा समाजको तर्फबाट समाज सेवि मनिष यादवले विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउने पाहुनाहरुलाई स्वागत सत्कार गरेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस